ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

ऐतिहासिक भूमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

अर्घाखाँची, २९ जेठ ।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भूमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा परम्परागत धार्मिक मेला सम्पन्न भएको छ । प्राचीनकादेखि नै धार्मिक आस्था र सांस्कृतिक परम्पराको केन्द्र रहँदै आएको यस मन्दिरमा प्रत्येक वर्ष जेठे अर्थात् स्थानीय रूपमा प्रचलित भूमे पूर्णिमाका दिन विशेष मेला आयोजना हुँदै आएको हो ।

भूमे देवताको सम्मानमा स्थापना गरिएको भूमे मन्दिरकै नामबाट भूमिकास्थान नगरपालिकाको नामकरण गरिएको हो। यस अवसरमा पालिकाले स्थानीय विदा समेत दिने परम्परा स्थायी रूपमा कायम राखेको छ । मेला अवलोकनका लागि भूमिकास्थान नगरपालिका भित्रका बासिन्दा मात्र नभई अर्घाखाँचीका अन्य पालिकाहरूका साथै छिमेकी जिल्लाहरू प्युठान, गुल्मी, पाल्पा आदि क्षेत्रहरूबाट समेत हजारौँ श्रद्धालु तथा दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ । मन्दिर परिसरमा पूजाआजा, स्थानीय सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्यलगायतका कार्यक्रमहरू सञ्चालन गरिएको थियो। साथै स्थानीय उत्पादनले मेलाको आकर्षण थपेको थियो ।

स्थानीय वासीहरूका अनुसार, भूमे देवताको पूजा गर्दा वर्षभरि राम्रो बाली, सुख–समृद्धि र रोग–व्याधिबाट मुक्ति मिल्ने जनविश्वास रहँदै आएको छ।भूमे मन्दिरमा आयोजना गरिने मेला केवल धार्मिक गतिविधिमा सीमित नरही त्यस क्षेत्रकै पर्यटन, स्थानीय उत्पादनको प्रवर्द्धन र समुदायबिचको एकताको उत्कृष्ट उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।मेलाको व्यवस्थापनमा भूमिकास्थान नगरपालिका, भूमे मन्दिर व्यवस्थापन समिति, स्थानीय टोल सुधार समिति, युवा क्लबहरू, सुरक्षा निकाय र स्वयंसेवकहरूको उल्लेखनीय भूमिका देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?