ट्रेंडिंग:

>> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी

जसपा नेपाल कपिलवस्तुमा पुनः शैलेन्द्र

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

कपिलवस्तु, २९ जेठ

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जिल्ला कार्य समिति कपिलवस्तुको अध्यक्षमा पुनः शैलेन्द्र कुमार यादव निर्वाचित भएका छन् । जसपा नेपाल कपिलवस्तुको एकताको प्रथम अधिवेशन अन्र्तगत अध्यक्ष पदमा भएको मतदानमा २ सय ३८ मत प्राप्त गरेर शैलेन्द्र अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षका अर्का उम्मेदवार रामनिवास यादवले १ सय ५५ मत प्राप्त गरे ।

कुल ५ सय ४७ मतदाता रहेको निर्वाचनमा खसेको ३ सय ९३ मत मध्य एक मत बदर भएको थियो भने शैलेन्द्रले रामनिवासलाई ८३ मतान्तरले चुनाव जितेका थिए । जसपा नेपाल कपिलवस्तुको निर्वाचनमा अन्य पद निर्विरोध भई अध्यक्ष पदमा मात्रै मतदान भएको निर्वाचन अधिकृत अफाक अहमख खाँले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित शैलेन्द्र कुमार यादव हालका जिल्ला अध्यक्ष हुन् । निर्विरोध निर्वाचित तर्फ उपाध्यक्ष पदमा अहमद अली खान र ब्रह्मानन्द तिवारी, सचिवमा शिवलाल यादव रहेका छन । त्यसैगरी खुला सदस्य तर्फ निर्विरोध निर्वाचित हुनेहरुमा बब्बु सिंह यादव, जनार्दन प्रसाद चौधरी, बलराम यादव, राजेन्द्र कुमार मिश्र, राधेश्याम यादव, आशिष कुमार पाण्डेय, रामगोपाल यादव, राम बहादुर चौधरी, रामशंकर यादव, राम सवारे यादव, अनिल कुमार यादव, प्रभुनाथ यादव, विरेन्द्र प्रसाद गडरिया, प्रहलाद मल्लाह, मनोज कुमार यादव, अब्दुल कलाम मुसलमान, प्रभु यादव, राजेन्द्र प्रसाद यादव, मुन्नालाल पाल, छेदी प्रसाद यादव र राजेन्द्र यादव रहेको जनाइएको छ ।

त्यसैगरी सदस्य मुस्लिम तर्फ कासिम मुसलमान, सदस्य दलित महिला तर्फ प्रभावती कोरी, सदस्य दलित तर्फ शम्भु धोबी र रिषीराम रैदास तथा सदस्य थारु तर्फ ईन्दु थारु निर्विरोध निर्वाचित भएका छन । यस अघि जेठ २३ गते एकताको प्रथम अधिवेशनको उदघाटन पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?