Butwal Today

अत्यधिक गर्मीका कारण नवलपरासीका ६ पालिकामा विद्यालय बिदा 

२८ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

मुक्ति तिवारी नवलपरासी, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा अत्यधिक गर्मीका कारण पठनपाठनमा असहज भएकोले विद्यालय बन्द गरिएको छ । स्थानीय तहहरूले ज्येष्ठ २७ देखि ३० गतेसम्म सामुदायिक विद्यालयमा बिदा दिएका छन् ।

अत्यधिक गर्मी र विद्यार्थीहरूलाई पठनपाठनमा बिदा दिइएको पालिकाहरूले जनाएका छन्। बर्खे बिदाबाट मिलान हुने गरी गर्मी बिदा दिइएको छ । विद्यार्थी एवं शिक्षकहरूको स्वास्थ्य सुविधालाई ध्यानमा राखेर तीन दिनका लागि बिदा दिइएको हो ।

स्थानीय विद्यालयहरूमा गर्मीको प्रकोप बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो। जिल्लाका ७ वटा पालिका मध्ये पाल्हिनन्दन गाउँपालिकाले भने एकै चोटि बर्खे बिदा दिने वा केही दिनलाई गर्मी बिदा दिने भन्ने विषयमा छलफल भइरहेको शिक्षा शाखाले जनाएको छ ।

मौसम विभागले पनि यस क्षेत्रमा आगामी केही दिनसम्म तापमान बढ्ने अनुमान गरेको छ। केही दिन यता निकै चर्को घामका कारण यहाँको जनजीवन समेत प्रभावित बनेको छ ।जिल्लाका केही संस्थागत विद्यालयहरूले समेत बिदा दिएका छन् ।