© २०२३
दाङ, २७ जेठ । दाङ महिला जेसीजले सप्ताहव्यापी विविध कार्यक्रम गर्ने भएको छ । वार्षिक कार्ययोजना अनुसार सप्ताहव्यापी कार्यक्रम गर्ने भएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराए ।
महिलाहरुको प्रतिनिधित्व हुने गरि कार्यक्रम गर्दै आएको दाङ महिला जेसीज २०२५ का अध्यक्ष अनिता ढकालले जानकारी दिइन । उनले महिला जेसीज युवाहरुको सस्था भएकाले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका माध्यमबाट समाज विकासको मुल अभियानमा हिडेर लक्ष्य प्राप्त गर्न खोजीएको बताइन् ।
पत्रकार महासंघका केन्द्रीय सचीव सबिन प्रियासनले भूमिका निर्वाह गर्न सक्ने महिला उत्पादनमा जेसीजले महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए । उनले आफ्नो नेतृत्व र क्षमता बिकाससंगै समाजको बिकासका लागि नेतृत्व गर्न सक्ने महिला आवश्यक रहेको बताए । त्यसका लागि महिला जेसीजले भूमिका खेल्न सक्ने बताए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान, वृक्षारोपण, सहयोग हस्तान्तरण, व्यावसायिक अन्तरक्रिया, प्रजनन स्वास्थ्य परामर्श , फुटसल प्रतियोगिता तथा साहित्य कार्यक्रम गरि समापन गरिने भएको छ ।