ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक

२७ जेष्ठ २०८२, मंगलवार
२७ जेष्ठ २०८२, मंगलवार

 काठमाडौं ।
सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन सहमतिमा निष्कर्षमा पुग्न नसकेपछि अब निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ। अध्यक्ष पदका आकांक्षीहरूबीच सहमति जुट्न नसकेपछि निर्वाचन समितिले औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो।

कीर्तिपुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलले सुजन कडरियाको नाम प्रस्ताव गरेपछि हलमै असन्तुष्ट प्रतिनिधिहरूले नाराबाजी गरेका थिए। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन कडरियालाई रहँदै आएको बताइए पनि अन्य प्रतिस्पर्धीहरू भने निर्वाचनको पक्षमा उभिएका थिए। नाराबाजी चुलिएपछि सहमतिको प्रयास विफल भएको संकेतसहित निर्वाचनको बाटो रोजिएको हो।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजै दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण हुनेछ भने ४ देखि ६ बजेसम्म फारम दर्ता प्रक्रिया चल्नेछ। आजै राति ८ बजेसम्म उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिने बताइएको छ। मतदान भने भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

अध्यक्ष पदका लागि पाँच जनाले दाबी प्रस्तुत गरिसकेका छन् — दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र सुजन कडरिया। तीमध्ये कडरियालाई संस्थापन पक्षको समर्थन रहेको बताइए पनि बाँकी प्रतिस्पर्धीहरूले निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने अडान राखेका छन्।

महाधिवेशनको मत परिणामले अनेरास्ववियुमा नेतृत्व परिवर्तनसँगै आन्तरिक सन्तुलन कसरी कायम हुन्छ भन्ने प्रश्नको जवाफ पनि दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?