ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

बजेटले तल्लो वर्गको पीडा बेवास्ता गर्‍यो : वर्षमान पुन

२६ जेष्ठ २०८२, सोमबार
२६ जेष्ठ २०८२, सोमबार

काठमाडौं, २६ जेठ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटले तल्लो वर्गका नागरिकलाई समेट्न नसकेको टिप्पणी गरेका छन्। सोमबार राजधानीमा आयोजित ‘संघीयताको दृष्टिमा आर्थिक वर्ष ०८२/०८३ को बजेट’ विषयक कार्यक्रममा पुनले गरिब, मजदुर, किसान तथा सहकारी पीडितहरूको भावना सम्बोधन गर्न बजेट असफल भएको बताएका हुन्।

उनले हाल लघुवित्त र सहकारी क्षेत्रमा देखिएको संकट अर्थतन्त्र चलायमान हुन नसक्नुको एक कारण भए पनि अर्थमन्त्री र सरकारको ध्यान त्यतातिर नपुगेको गुनासो गरे। आर्थिक समस्याको समाधान खोज्ने प्राथमिकताभन्दा राजनीतिक पूर्वाग्रह र स्वार्थमा आधारित बजेट बनाइएको आरोप उनले लगाए।

पुनले बजेटको विनियोजनमा पनि असमानता देखिएको भन्दै सहरी विकास मन्त्रालयलाई अनावश्यक रूपमा बढी रकम छुट्याइएकोप्रति शंका व्यक्त गरे। उनले मन्त्रालयले मागेको ९१ अर्बको सीमालाई उलङ्घन गर्दै १ खर्ब १८ अर्ब बजेट किन दिइयो भन्ने प्रश्न उठाए। यसमा खल्तीका योजना राखेर भ्रष्टाचार गर्ने तयारी भएको आशंका व्यक्त गर्दै पुनले पारदर्शिता र उत्तरदायित्वको खाँचो औंल्याए।

उनले बजेटमा तीन करोडभन्दा कमका योजना विनियोजन नगर्ने सरकारको दाबी विपरीत, सहरी विकास मन्त्रालयअन्तर्गत १ लाखदेखि ५ लाखसम्मका थुप्रै साना योजना रहेको तथ्य सार्वजनिक गरे। सहरी विकास मन्त्री स्वयंले पनि अनौपचारिक रूपमा २५ लाखसम्मका योजना रहेको स्वीकार गरिसकेको भन्दै पुनले सरकारको भनाइ र व्यवहारमा गम्भीर विरोधाभास रहेको तर्क गरे।

संघीयताको सन्दर्भमा पुनले पछिल्लो समय प्रदेश र स्थानीय तहलाई दिइएका अधिकार संघमा फर्काउने कार्य भइरहेको बताए। उनले शिक्षा, स्वास्थ्य, ऊर्जा, र वन जस्ता संवेदनशील क्षेत्रमा संघीय संविधानको मर्म विपरीत संघमै अधिकार केन्द्रीकरण गरिएको उल्लेख गर्दै यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए।

संघीयताको कार्यान्वयनमा देखिएको अनुदार प्रवृत्तिले संघीय संरचनामाथि नै प्रश्न उठ्न थालेको भन्दै पुनले कार्यान्वयन गर्ने जिम्मेवार नेतृत्वले नै यसको रक्षा र सुदृढीकरणमा भूमिका खेल्नुपर्ने बताए। संघ, प्रदेश र स्थानीय तहबीच आपसी अविश्वास रहेको उल्लेख गर्दै उनले तीनवटै तहले एकअर्कामाथि भरोसा गर्न नसकेको अवस्थामा संघीयता कमजोर हुने चेतावनी दिए।

पुनले संघीयता कार्यान्वयनको सन्दर्भमा स्थानीय तहहरू अपेक्षाकृत प्रभावकारी देखिएको बताए। जनसहभागिताका आधारमा भौतिक पूर्वाधार तथा अन्य विकास आयोजनाहरूको छनोट र कार्यान्वयनमा स्थानीय तहको भूमिकाले सकारात्मक प्रभाव पारिरहेको उनले उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?