© २०२३
काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुटु, हड्डी र विभिन्न बिरामीको प्रत्यारोपण तथा उपचारमा प्रयोग हुने वस्तुहरू अस्पतालकै फार्मेसीमा उपलब्ध गराउन परिपत्र जारी गरेको छ।
सरकारी अस्पतालको फार्मेसीमा यी वस्तु उपलब्ध नभएपछि बिरामीहरूले महँगो मूल्यमा निजी व्यवसायीबाट खरिद गर्नुपर्ने समस्या भइरहेका थिए। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको आग्रहअनुसार नयाँ आर्थिक वर्षदेखि शल्यक्रियापछि आवश्यक पर्ने सबै वस्तु अस्पतालकै फार्मेसीमा उपलब्ध गराउने व्यवस्था गर्न मन्त्रालयले निर्णय गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, अब अस्पतालमा बिरामीले देख्न सक्ने ठाउँमा वस्तुहरूको मूल्य सार्वजनिक गरिनेछ। साथै, नयाँ खालका वस्तु आवश्यक परेमा आधिकारिक कम्पनी र विक्रेता र तिनको मूल्य सार्वजनिक गरी मात्र बिरामीले प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने पनि निर्देशन दिएको छ।
मन्त्रालयले बिरामीमाथि बढी मूल्य लिने व्यवहार रोक्न र गुनासो नआउने वातावरण बनाउन अस्पतालहरूलाई सचेत गराएको छ।