ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

दुग्ध उत्पादन प्रवद्र्धनका लागि पाडी वितरण, किसानमा उत्साह

२४ जेष्ठ २०८२, शनिबार
२४ जेष्ठ २०८२, शनिबार

बुटवल, २४ जेठ ।

बुटवल उपमहानगरपालिकाले दुग्ध उत्पादन प्रवद्र्धन गर्न ‘दुग्ध प्रवद्र्धन कार्यक्रम संचालन कार्यविधि २०८०’ अन्तर्गत पाडी वितरण कार्यक्रम अघि सारेको छ । पशुपालन व्यवसायमा संलग्न किसानको जीवनस्तर उकास्न र आत्मनिर्भरता बढाउन लक्षित यो कार्यक्रमप्रति स्थानीय तहका नागरिकको चासो दिनानुदिन बढ्दो छ । विशेषगरी पाडी अनुदानका लागि आवेदन दिने किसानको संख्या गत वर्षको तुलनामा झण्डै तीन गुणा बढी हुनुले यसको लोकप्रियता र विश्वास झल्काउँछ ।

गत आर्थिक वर्ष २०७९÷८० मा ९२ जनालाई लक्षित गरेर सूचना प्रकाशित गरिएकोमा ७२ जना किसानले मात्र पाडी अनुदान प्राप्त गरेका थिए । तीमध्ये वडा नं १२ का ९ जना, वडा नं. १४ का १ जना, वडा नं. १५ का ५ जना, वडा नं १६ का १९ जना, वडा नं. १७ का १५ जना, वडा नं. १८ का ११ जना र वडा नं १९ का १२ जना किसान सहभागी थिए । त्यसबेलाको अनुभव र प्रतिकृयालाई ध्यानमा राख्दै यो वर्ष कार्यक्रम विस्तार गरिएको हो ।

चालु आर्थिक वर्ष २०८०÷८१ मा पाडी अनुदानका लागि २५० जनालाई लक्षित गर्दै सूचना प्रकाशित गरिएको छ । हालसम्म २२५ जनाले अनुदान सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । यसबाट देखिन्छ, किसानहरूमा पशुपालनप्रतिको आकर्षण बढ्दो छ र पालिकाको नीति तथा कार्यक्रमप्रति उनीहरू विश्वस्त हुँदै गएका छन् ।

यस वर्षको छनोट प्रक्रियामा विशेष ध्यान दिइएको छ । अनुभवी कृषक, विपन्न वर्ग, दलित समुदाय, एकल महिला, गोठ र आहाराको व्यवस्था भएकाहरू तथा अन्य सीमान्तकृत समूहलाई प्राथमिकताका साथ छनोट गरिएको छ । यसले समावेशी विकासमा पालिकाको दृष्टिकोण प्रस्ट हुन्छ ।

पशुपंक्षी विकास अधिकृत झविन्द्र बन्जाडेले जानकारी दिएअनुसार १४० वटा पाडीको बीमा प्रक्रिया पूर्ण भइसकेको छ भने बाँकीको प्रक्रिया अगाडि बढिरहेको छ । बीमा प्रणालीले पशुपालनमा देखिने जोखिम न्यूनीकरण गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

पाडी प्राप्त गरेका किसानहरू कार्यक्रमप्रति निकै उत्साहित देखिन्छन् । बुटवल–१७ रानिगञ्जकी स्यामकला बस्याल गत वर्ष पाएको पाडी ब्याएको देख्दा निकै खुसी भएको बताउँछिन् । “नगरपालिकाले सहयोग गर्छ भन्ने सुनेपछि फारम भरेको थिएँ, अहिले मेरो पाडीले बच्चा दियो, धेरै सन्तोष लागेको छ,” उनले भनिन ।

त्यसैगरी, माधुरी थारु, जो ५० वर्ष नाघेकी छन्, आफ्नो घर नजिकको चौरमा पाडी चराउँदै थिइन् । “पहिला मलाई पाडी पाल्ने सोच पनि थिएन, अब त नगरपालिकाले सहयोग गरेपछि म गोठ पनि बनाउने योजनामा छु,” भन्दै उनले आगामी वर्ष पुनः आवेदन दिने बताइन् ।

राजु सुनार नाम गरेका अर्का कृषकले भने, “पहिला बाख्रा पाल्थें, भैंसी किन्न पैसा थिएन । पाडी अनुदान पाउँदा आत्मबल बढ्यो, अब व्यावसायिक रूपमा पशुपालन गर्दैछु ।” उनीजस्ता किसानका अनुभवले देखाउँछ कि अनुदान कार्यक्रमले सीप र आत्मविश्वास विकासमा पनि योगदान दिएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेका अनुसार, कृषि क्षेत्रमा लगानीलाई प्राथमिकता दिँदै विभिन्न अनुदान कार्यक्रम अघि सारिएका छन् । “पछिल्लो वर्ष २० लाख रुपैयाँ मात्र बजेट छुट्टयाइएकोमा यस वर्ष कार्यक्रम प्रभावकारी देखिएकाले ५० लाख रुपैयाँ विनियोजन गरिएको छ,” उनले जानकारी दिए ।

पाण्डेले थपे, “अब हामी पशुपालन मात्र होइन, कृषि सामग्री उत्पादनमा पनि सहुलियत दिइरहेका छौं । उदाहरणका लागि, एकवटा आरन स्थापना गर्न ५ लाख ५० हजार रुपैयाँसम्मको अनुदान दिने योजना छ ।” आरन निर्माणमार्फत स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने र स्वदेशी उत्पादनमा आत्मनिर्भरता बढाउने उद्देश्य लिएको छ ।

अनुदान प्राप्त गर्नका लागि किसानले आफू बसोबास गरेको वडा कार्यालयबाट सिफारिस लिएर उपमहानगरपालिकामा निवेदन दिनुपर्छ । अनुदान प्रक्रिया पार गरेपछि किसानले ४० हजार रुपैयाँसम्मको पाडी किनेपछि २० हजार रुपैयाँ बराबरको अनुदान प्राप्त गर्छन् । पहिलो वर्षको बीमा नगरपालिकाले गरिदिनेछ भने आगामी वर्षदेखि बीमाको खर्च किसानले स्वयं ब्यहोर्नुपर्ने प्रावधान छ ।

यसरी साझा लगानीको मोडल ‘५०÷५०’ प्रणाली लागू गरेर पालिकाले किसानमा उत्तरदायित्वको भावना विकास गराउने प्रयास गरेको छ । उपप्रमुख साबित्रा देवी अर्याल भन्छिन्, “आधा किसान, आधा पालिकाको लगानी भएकाले किसान पनि गम्भीर हुन्छन् । यसरी पालिकाले सघाउँदा कृषि पेशामा पुनः आकर्षण बढेको छ ।”

नगर प्रमुख पाण्डेका अनुसार पालिकाको उद्देश्य श्रम गर्ने वर्गलाई सुरक्षित, सम्मानित र व्यवसायिक बनाउने हो । “गरिखाने वर्गले आत्मनिर्भर बन्न सकुन्, त्यसका लागि यस्ता कार्यक्रम आवश्यक छन्,” उनले जोड दिए ।

उपप्रमुख अर्यालले विगत ८–१० वर्षमा शहरमा प्लटिङ र आवास विकासका कारण कृषि पेशा पछि परेको स्वीकार गरिन् । “अब कृषि क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्न हामी योजनाबद्ध ढंगले अघि बढिरहेका छौं,” उनले भनिन् ।

कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्न अनुगमन प्रणाली पनि विकास गरिँदैछ । बीमा प्रणाली, प्राविधिक सेवा, तालिम तथा अनुगमन संयन्त्रमार्फत दीर्घकालीन प्रभावकारिता सुनिश्चित गर्ने रणनीति तयार पारिएको छ ।

पाडी वितरण कार्यक्रमले दुग्ध उत्पादन वृद्धि, पशुपालन व्यवसायको आधुनिकीकरण, रोजगार सिर्जना, र सामाजिक समावेशीतामा उल्लेखनीय योगदान पु¥याएको छ । यसले दुग्ध उद्योगसँग जोडिएका पक्षलाई पनि उत्साहित बनाएको छ ।

किसानका सकारात्मक प्रतिक्रिया, पालिकाको नीतिगत प्रतिबद्धता र कार्यक्रमको पारदर्शिता हेर्दा यो कार्यक्रम स्थानीय सरकारको सफल उदाहरण बन्ने संकेत देखिन्छ । आगामी वर्षहरूमा थप लगानी, तालिम र सीप विकासको संयोजनबाट पशुपालनलाई स्थायी र व्यवसायिक रुप दिन सकिने आशा गरिएको छ ।

यस्ता कार्यक्रमले कृषि क्षेत्रमा विश्वास पुनःस्थापना गर्न, आर्थिक रूपमा पछाडि परेका समुदायलाई सशक्त बनाउन र आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । यदि यो कार्यक्रम नियमित अनुगमनसहित सुदृढ गरियो भने बुटवल उपमहानगरपालिकाले कृषि क्षेत्रमा ठुलो फड्को मार्ने देखिन्छ । (सञ्चारिका फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?