ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

लामिछानेले गरे अति विषालु सहित १९ प्रजातिका ३ सय ३८ सर्पको उद्धार

२३ जेष्ठ २०८२, शुक्रबार
२३ जेष्ठ २०८२, शुक्रबार

पश्चिम नवलपरासी, २३ जेठ ।

बर्दघाट नगरपालिकाका सर्प उद्धारकर्मी दुर्गा लामिछानेले सर्पको उद्दार मात्रै होइन सयौंलाई सर्पको टोकाईबाट हुने सम्भावित दुर्घटनाबाट पनि जोगाएका छन । चौबिसै घण्टा उनी तयार रहन्छन् । फोनको घण्टी बज्ने बितिकै उनी राति होस् या दिउँसो उद्दार गर्न पुगिहाल्छन् । एक बर्षको अवधिमा मात्रै उनले सय सर्पको उद्दार गरेका छन् ।

उनका अनुसार वि. सं. २०८१ मा मात्रै नगरपालिका भित्र १९ प्रजातिका ३३८ वटा सर्पहरूको उद्धार गरिएको छ । लामिछानेले उपलब्ध गराएको तथ्यांक अनुसार उद्धार गरिएका सर्पहरूमा गोमन सर्प १३८ वटा, करेत ३९ वटा, अजिङ्गर ३८ वटा, धामन २९ वटा पानी सर्प, २६ वटा, बाघे सर्प, १६ वटा, ब्वाँसो सर्प ८ वटा, सानो सिङ्गारे सर्प ६ वटा, अन्धो प्रजाति मानिने सर्प ६ वटा, हरहर सर्प ५ वटा, कालो टाउके सर्प ५ वटा, खुकुरी सर्प ४ वटा, सिरिसे रुख सर्प ४ वटा, बतासे सर्प ४ वटा, हर्यौ सर्प ४ वटा, सिङ्गारे सर्प ३ वटा, अलि किल ब्याक सर्प १ वटा, तक्षक नाग भनिने गरिएको सर्प १ वटा, तथा राज गोमन १ वटा थिए ।

विषाक्तताका आधारमा हेर्दा उद्धार गरिएका सर्पहरूमा ५९ प्रतिशत विषालु, १ प्रतिशत मन्द विषालु तथा ४० प्रतिशत विषालु सर्प रहेका छन् । नगरपालिकाका १६ वटा वडा मध्ये २०८१ सालमा मा सबैभन्दा बढी सर्प उद्धार वडा नं. ४ बाट गरिएको लामिछानेको भनाई छ ।

उनको यो कार्यले जैविक विविधतासँगै वातावरण सन्तुलनमा टेवा पुर्याएको छ । यद्यपि मानव वस्ती तथा वनजङ्गल निकट भएका कारण बेलाबखत मानव र प्रकृति बिच द्वन्द्व सृजना पनि भइरहेकै छ जसको एक उदाहरण सर्पदंश पनि हो । तराईमा गर्मी महिनामा सर्पदंशका घटनाहरु देखा पर्ने गरेका छन् ।
लामिछानेलाई उद्दार कार्यमा सहजताका लागि नगरप्रमुख शम्भुलाई श्रेष्ठले निजी मोटरसाइकल उपलब्ध गराएका छन् भने नगरपालिकाले निश्चित मापदण्डका आधारमा प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले समेत उनको यो कार्यलाई खुलेर सहयोग गर्दै नगरले कानुनी दायरामा रहेर दिन सक्ने सेवा सुविधाहरु उपलब्ध गराउँदै आएका छन् ।

यद्यपि उद्धारका लागि आवश्यक श्रोत साधनमा कमी, अधिकारकर्मीलाई आवश्यक तालिमको व्यवस्था नहुनु तथा जनमानसमा अझै पनि सचेतनाको कमी रहेको देखिन्छ ।

सञ्चारकर्मीहरुको शारीरिक तथा सामाजिक सुरक्षा हुन सकेमा सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्प उद्धारमा खटिन थप प्रोत्साहन मिल्ने लामिछाने बताउँछन् । “नटोक्ने बेला सम्म पो केही हुन्न टोकेपछि त के हो के हो, बाहिरबाट हेर्दा जति सामान्य छ त्यति सहज छैन, भर्खर मात्रै भारतीय चर्चित सर्प उद्दारकर्ता मुरलीवालाको अवस्था देखिहाल्नु भो”–लामिछानेले भने ।

लामिछानेले उद्दार गरेका सर्पका तस्विर र उनको यो अभिलेख तयार पार्न फोटो पत्रकार राज अधिकारीले सहयोग गरिरहेका छन् भने स्थानीय ब्यक्ति तथा संघ संस्थाले समेत उनलाई हौसला प्रदान गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?