Butwal Today

तिलोत्तमा व्यापार संघले लोपोन्मुख बिरुवाको संरक्षण गर्दै मनायो विश्व वातावरण दिवस

२२ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

तिलोत्तमा, २२ जेठ ।

तिलोत्तमा व्यापार संघले करहिया सामुदायिक वनमा विश्व वातावरण दिवस मनाएको छ ।

करहिया सामुदायिक वनमा रहेको लोपोन्मुख प्लास जातको फुलको बोटमा मलजल गरी व्यापार संघले विश्व वातावरण दिवस मनाएको हो । करहिया सामुदायिक वनमा संघले तिलोत्तमा व्यापार संघ पार्क निर्माण गरेको छ । जहाँ संघकै पहलमा लोपोन्मुख प्लास जातको फुलको बिरुवा लगाइएको छ ।

सोही ठाउँमा विश्व वातावरण दिवस मनाउँदै संघले लोपोन्मुख उक्त फुलको संरक्षणका लागि पहल गरेको संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए । कार्यक्रममाथि प्रकाश पार्दै न्यौपानेले विश्व वातावरण दिवस बिगतदेखि नै संघले मनाउँदै आएको जानकारी दिंदै गतवर्ष लगाइएका लोपोन्मुख फुलका बिरुवालाई यसवर्ष मलजल गरी संरक्षणका लागि जोड दिएको बताए । उनले करहिया सामुदायिक वनले बिरुवा संरक्षण गरेको भन्दै धन्यवाद दिए ।

कार्यक्रममा करिहया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेले वातावरण जोगाउनु सबैको उत्तिकै दायित्व रहेको भन्दै संघले गरेको यस खालको कार्यले सामुदायिक वनकै शोभा बढाएको बताए ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष मानबहादुर बर्मा र महासचिव चेतनारायण विश्वकर्माले वातावरण जोगाउने उद्देश्यले संघले सन्देशमूलक कार्यक्रम गरेको जानकारी दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?