© २०२३
काठमाडौं ।
पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्ध काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।
मानवअधिकारकर्मीहरू र मृतक अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले १३ वर्षअघि सापकोटाविरुद्ध रिट दायर गरेका थिए। उनीहरूले २०६९ सालमा सापकोटा र अन्य माओवादी नेताहरूविरुद्ध अनुसन्धान गर्नुपर्ने माग राख्दै सर्वोच्चमा उजुरी दिएका थिए।
आज संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह मिश्रको अध्यक्षतामा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालसहितको इजलासले सुनुवाइ गरेको हो।
सापकोटाको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, दिनमणि पोखरेल र मुक्तिनारायण प्रधानले बहस प्रस्तुत गरेका थिए। यसअघि निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका थिए।
पूर्णिमाया लामाले २०६९ मंसिरमा आफ्ना श्रीमान् अर्जुन लामाको अपहरणपछि हत्या भएको भन्दै सापकोटा र माओवादी कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तर लामो समयसम्म प्रहरीले उजुरी नलिएको जनाइएको छ।
सर्वोच्च अदालतको आदेशपछि मात्र उक्त विषयमा रिट दायर भएको हो। हाल सापकोटाविरुद्ध तीनवटा रिट निवेदन सर्वोच्चमा विचाराधीन छन्। अब इजलासको फैसला कुर्न बाँकी छ।