© २०२३
काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद्को अवरोध कायम राख्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिएका छन्। उनले भने, ‘गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को अवरोध कायम राख्ने निर्णय भएको छ।’
त्यस्तै, सरकारले ल्याएको आगामी वर्षको बजेटले आधारभूत वर्गलाई नछोएको निष्कर्ष माओवादीले निकालेको छ र यसलाई समर्थन गर्न लायक नभएको ठहर गरेको छ। दलको बैठकमा पार्टीभित्रका विज्ञहरू मीनबहादुर श्रेष्ठ, रामकुमार फुयाँल, रामनारायण विडारी, डीपी ढकाललगायतसँग सांसदहरूले बजेटबारे अन्तरक्रिया गरेका थिए। सांसदहरूले बजेटमा समावेश विषयहरूबारे विचार विमर्श गर्दै आगामी रणनीतिबारे छलफल गरेका थिए।