ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

गृहमन्त्रीमाथि कुनै उजुरी नभएको भन्दै ओलीले राजीनामा मागको विरोध

१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले संसद् अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताएका छन्। सोमबार नेकपा (एमाले) संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने बताए। उनले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसद् चलाउने विषयमा कुरा गर्न खोजे पनि प्रचण्ड जानीजानी सम्पर्कमा आउनुभएन भन्दै, वार्ता र संवाद नगरी सदन बन्द गर्ने मनस्थितिमा प्रतिपक्षीहरु रहेको आरोप लगाए। ओलीले विपक्षीले केही विषय नपाएर गृहमन्त्रीको राजीनामा माग गरेको तर गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन नभएको उल्लेख गर्दै यसकारण संसद् अवरुद्ध हुनु नचाहिने बताए।

प्रधानमन्त्री ओलीले सडकमा कुनै समूहले माग लिएर बसे पनि त्यसलाई समर्थन गर्ने र सदन अवरुद्ध गर्ने कार्यले लोकतन्त्रलाई असहयोग पुग्ने र प्रतिगमनलाई सहयोग गर्ने बताए। देश अहिले गम्भीर परिस्थिति र चुनौतीको सामना गरिरहेको बेला सरकारले बजेट प्रस्तुत गरेको हुँदा सांसदहरूलाई तर्कसहित आफ्ना कुरा राख्न आग्रह गर्दै उनले मन्त्रीहरूलाई संसदीय गतिविधिमा ध्यान दिन निर्देशन दिए। उनले अर्थतन्त्र ओरालो लागेको र असन्तुष्ट जनताको विरोध भइरहेकाले यस अवस्थालाई बेग्लै चुनौती भने र राजतन्त्र आजको बहसको विषय नभएको पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले नेपालको समाजमा जन्मिदै राजा हुने वंशपरम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता भएको टिप्पणी गर्दै, अन्य मुलुकहरुमा निर्वाचित जनप्रतिनिधिमै शासन चल्ने प्रचलन रहेको र केही देशमा मात्र सिमित रुपमा राजतन्त्र रहेको बताए। उनले संविधान र कानुनको शासन हुनुपर्ने, दलभन्दा माथि जनता रहेको र सम्पूर्ण शक्ति जनतामा रहेको बताए। उनले अराजकता र असन्तुष्टवादीहरुले श्रीलंका वा बंगलादेश जस्तो अवस्था सिर्जना गर्न खोजे पनि अन्ततः ति देशहरु लोकतन्त्रमा फर्केर निकास पाएका बताएका छन्। केहीले सत्ता गुमाएको कारण वैचैनी देखिएको र सरकारको काम नदेख्ने तथा असफलता देखाउन खोज्ने प्रवृत्ति (‘घण्टाकर्ण प्रवृत्ति’) बढेको ओलीले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?