ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैन: नैनसिंह महर

१८ जेष्ठ २०८२, आइतबार
१८ जेष्ठ २०८२, आइतबार

काठमाडौँ, १८ जेठ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह मरले नेपालको संविधानले सरकार सञ्चालनका लागि बनाएको संयन्त्र र काँग्रेसको विधानले पदाधिकारी बैठकको निर्णय नचिन्ने भए पनि राजनीतिमा यही प्रवृत्ति हाबी भइरहेको टिप्पणी गरेका छन्। काँग्रेस पाँचथरले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा भित्ते पात्रो विमोचनलाई सम्बोधन गर्दै महरले यस्तो बताएका हुन्।

दुर्भाग्यवश सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्रलाई अगाडि सारिएको र त्यो प्रभावकारी हुन नसकेको उनले बताए। ‘यस्तो संयन्त्रलाई नेपालको संविधानले चिन्दैन। तर, दलहरूको सहमतिको आधारमा संयन्त्र बन्यो। ठिक छ। बनेको संयन्त्रले राम्रोसँग काम गर्नुपर्नेमा जिम्मेवारी बहन गर्न सकेको छैन’ उनले भने।

संयन्त्रले प्रमुख सत्तारुढ दल काँग्रेसको ओजलाई समेत सम्बोधन गर्न नसकेको उनको आरोप छ। ‘काँग्रेस मुलुककै ठुलो राजनीतिक दल हो। एकल बहुमत नहुँदा राजनीतिक अस्थिरतालाई स्थिर गतिमा लैजान काँग्रेसले गठबन्धन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। तर, वर्तमान स‌ंयन्त्र यो मर्मलाई बुझेर अगाडि बढेजस्तो देखिँदैन। संयन्त्रले काँग्रेसको ओजलाई बुझ्न सकेको छैन। प्रभावकारी काम पनि गर्न सकेको छैन,’ महरले टिप्पणी गरे।

यस्तै उनले पार्टीभित्रको पदाधिकारी बैठकको औचित्यमाथि समेत प्रश्न उठाएका छन्। उनले करिब एक वर्ष हुँनै लाग्दा पनि केन्द्रीय समिति बैठक बस्न नसकेको र पदाधिकारी बैठकका निर्णयलाई काँग्रेसको विधानले नचिन्ने भएकाले त्यसको औचित्यमाथि प्रश्न उठाएका हुन्।

‘केन्द्रीय समिति बैठकको नियम उल्लङ्घन गरेर बारम्बार विधानले नचिन्ने पदाधिकारी बैठकको निर्णय भन्दै बाहिर आउनु दुर्भाग्यपूर्ण छ। यो लोकतान्त्रिक व्यवस्थाका लागि सुखद पक्ष होइन। प्रजातान्त्रिक पार्टीमा प्रजातान्त्रिक पद्धति अनुसार नै निर्णय हुनुपर्छ। केन्द्रीय समिति बैठक र कार्य सम्पादन समितिको बैठकबाट पार्टीका निर्णय अगाडि बढ्नुपर्छ,’ उनले भने।

पदाधिकारी बैठकबाट पार्टी अगाडि बढाइ १५औँ महाधिवेशनलाई प्रभावित पार्ने खेल भइरहेको महरले आरोप लगाएका छन्। आफ्नो जिम्माको काम कसैले पनि नगर्दा र यसरी पदाधिकारी बैठकबाट पार्टी सञ्चालन गर्दा महाधिवेशन प्रभावित हुने खतरा रहेको उनले बताए।

‘त्यसैले ८ लाख ८८ हजार काँग्रेसका क्रियाशील सदस्यले टोलबाट नै आफ्नो भागको काम गर्नुपर्छ। टोल, वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेशमा सबैले आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ। र, जिम्मेवार पदाधिकारीलाई केन्द्रमा दबाब दिनुपर्ने बेला आएको छ। त्यसपछि मात्र पार्टीको महाधिवेशन अगाडि बढ्ने छ,’ उनले भने। यस्तो हुन सके मात्र देश र पार्टीले गति लिन सक्ने महरको बुझाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?