ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 
प्रादेशिक अस्पतालमा सुरु भयो रक्तसञ्चार केन्द्र 

एकै दिन ३ सय जनाले गरे रक्तदान

१८ जेष्ठ २०८२, आइतबार
१८ जेष्ठ २०८२, आइतबार

बुटवल, १८ जेठ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार करिब ३ सय जनाले एकसाथ रक्तदान गर्दै रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार सङ्घको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो ।  रुपन्देही व्यापार सङ्घको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने रक्तसञ्चार केन्द्रमा शनिबार २ सय ९७ जनाले रक्तदान गरेका छन् । केन्द्रको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गरे । अस्पतालले अन्य स्वास्थ्य संस्थाहरूमा समेत रगत उपलब्ध गराउन सक्ने क्षमतासहित रक्तसञ्चार केन्द्र स्थापना भएको बताउँदै दीर्घकालीन सञ्चालनमा जोड दिए । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारे पनि निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिइरहेको उल्लेख गरे ।

‘रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ ।’–उनले भने । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेका जानकारी दिए । अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको उनको भनाइ थियो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताललाई सरकारले बुटवल मात्रै नभई सिङ्गो प्रदेशको आर्थिक आधारको रूपमा लिएको बताए । अस्पतालको स्तरोन्नति र गुणस्तरीय सेवा प्रभाहमा भएका प्रगतिले पनि यस तथ्यलाई प्रमाणित गर्ने उल्लेख गरे । अस्पतालमा गुणस्तरीय र विशिष्टीकृत स्वास्थ्य सेवाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षसम्ममा गौरव आयोजना पूरा गर्नका लागि ३ अर्ब बढी लगानी गरिसक्ने जानकारी गराए । अस्पतालमा निर्माणाधीन भवनको काम सम्पन्न गर्नका लागि ६ अर्ब बढी लगानी लाग्ने बताउँदै उनले यसका लागि आवश्यक स्रोत व्यवस्थापन र कार्यान्वयनमा सरकार गम्भीर रहेको उल्लेख गरे । यसै गरी अस्पतालमा अबको महिना दिनभित्रै एमआरआई मेशिन खरिद हुने जानकारी गराए । यसबाट यहाँका जनताले थप स्वास्थ्य सेवा लिन पाउने उल्लेख गरे ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई आर्थिक केन्द्र बनाउनका लागि एक महत्त्वपूर्ण आधार लुम्बिनी प्रादेशिक अस्पताल भएको बताए । यसका लागि केन्द्र सरकारले समेत प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको सुझाव छ । यसै गरी यहाँका निजी मेडिकल तथा स्वास्थ्य संस्थाहरूले पनि आफ्नो आधारलाई बिस्तार गर्नका लागि प्रादेशिक अस्पतालको विकासमा हातेमालो गर्न आवश्यक रहेको औँल्याए । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले लुम्बिनी प्रादेशिक अस्पतालको विकासलाई समग्र लुम्बिनी प्रदेशको विकासको आधारसँग जोडेर हेर्नुपर्ने बताए । सीमित जनशक्ति र स्रोतसाधनबाट नै अस्पतालले ठुलो जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको स्मरण गराउँदै उनले यदि सरकारले मापदण्डले तोके अनुसार यहाँ प्राप्त जनशक्ति र अन्य स्रोत साधन उपलब्ध गराउन सक्ने हो भने अहिलेकोभन्दा कयौँ गुणा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरकी उपप्रमुख सावित्रीदेवी अर्याल, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरीप्रसाद अर्यालले अस्पतालमै रक्तसञ्चार केन्द्रको स्थापना भएर उत्कृष्ट अभियानको शुभारम्भ एको उल्लेख गरे । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले अस्पतालमा शुभारम्भ गरिएको रक्तसञ्चार केन्द्र दीर्घकालीन बनाउनका लागि यहाँका सबै सामाजिक सङ्घ संस्थाको सहयोग र साथ महत्त्वपूर्ण रहने उल्लेख गरे । अस्पतालको सेवा क्षेत्रभित्र रहेका ४० लाख बढी जनसङ्ख्या मध्येबाट वार्षिक साढे ३ लाख देखि साढे ४ लाख जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी गराउँदै उनले गुणस्तरीय सेवालाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।
अस्पतालले सेवा बिस्तार तथा गुणस्तर सुधार गर्दै आकस्मिक कक्षको बेड बिस्तार, प्रदेशकै ठुलो र गुणस्तरीय प्रयोगशाला बिस्तार लगायतका कामहरू भएको जानकारी गराए । अस्पतालमा एमआरआई मेशिन खरिदका लागि गत साता निर्यातकर्ता कम्पनीसँग सम्झौता भएको जानकारी गराउँदै केही हप्ताभित्रै अस्पतालमा मेशिन आउने उल्लेख गरे । यस्तै ब्रेस्ट क्यान्सरको स्क्यानिङ तथा उपचार सेवा, डिजिटल कार्ड सिस्टम लागू गर्न लागिएको बारे पनि जानकारी गराए ।

रुपन्देही व्यापार सङ्घका अध्यक्ष दिपक अधिकारीले अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनासँगै अब यसको सञ्चालनको सम्पूर्ण जिम्मेवारीमा अस्पतालले ध्यान दिनुपर्नेमा जोड दिए । एकसाथ एक जहार युनिट रगत सङ्ग्रह गर्न सक्ने क्षमतासहितको उपकरण अस्पताललाई हस्तान्तरण गरिएको जानकारी गराउँदै उनले अब यसको दीर्घकालीन सञ्चालनका लागि अस्पताल र यहाँका अन्य सामाजिक सङ्घ संस्थाहरूको समेत भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे । अस्पतालमा मात्र नभई समग्र लुम्बिनी प्रदेशलाई आवश्यक रगत उपलब्ध गराउन सक्ने गरी रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?