ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुटाउनुपर्छ : नैनसिंह महर

१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

काठमाडौँ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको बताएका छन्।  विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महरले सबै राजनीतिक दलका घोषणापत्रमा शिक्षामा २० प्रतिशत बजेट छुट्याइने उल्लेख भए पनि १० प्रतिशत मात्रै छुट्याइनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन्।

देशकै सबैभन्दा ठुलो पार्टी काँग्रेसको घोषणापत्र र चुनावताका जनतामाझ गरेका प्रतिबद्धता एकातिर र हालको बजेट अर्कातिर देखिएको महरले औँल्याए। ‘बजेटमाथिको छलफलमा संशोधन राखेर शिक्षाका लागि २० प्रतिशत बजेट छुट्याउनु अपरिहार्य छ। यसो हुन सकेमा मात्र कक्षा १२ सम्म निःशुल्क, गुणस्तरीय, व्यवहारिक, जीवनोपयोगी, प्रविधिमैत्री शिक्षा लागू गर्न सकिन्छ। यसका साथै, विश्वविद्यालयमा अनुसन्धानमूलक र प्राविधिक शिक्षाको व्यवस्थित कार्यान्वयन गर्न सकिन्छ,’ उनले भने।

शिक्षामा २० प्रतिशत बजेट विनियोजन भए मात्रै शिक्षक, प्राध्यापकका सेवा सुविधा, तालिम, शिक्षाभित्रका पूर्वाधारलगायत समग्र शिक्षा क्षेत्रको विकास गर्न सकिने उनले बताएका छन्।बजेटबारे थप टिप्पणी गर्दै उनले भने, ‘बजेटले कृषि, पर्यटन, ऊर्जा, औद्योगीकरण र पूर्वाधारलाई प्राथमिकता दिँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राखेको छ। तर, स्रोत व्यवस्थापन, कार्यान्वयन क्षमता र विगतका सिकाइको प्रयोगमा स्पष्टता अभाव देखिन्छ।’

पुँजीगत खर्चको कमजोरी, राजस्व र ऋणको यथार्थता तथा कार्यान्वयन संयन्त्रको अभावले यसको प्रभावकारितामा प्रश्न उठाउने महरले बताएका छन्। सामाजिक क्षेत्र, मानव पुँजी र नवप्रवर्तन तथा अनुसन्धानजस्ता दीर्घकालीन विषयमा लगानी कम देखिएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?