© २०२३
काठमाडौँ ।
सत्तारूढ नेकपा (एमाले) का उपमहासचिव ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पेस गरिएको संघीय बजेटप्रति समग्रमा सकारात्मक धारणा देखिएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रिमालले कतिपयमा बजेटप्रति आलोचना गर्नैपर्ने दबाब भएजस्तो देखिए पनि वास्तवमै त्यस्तो खोट देखाउन नसकिने अवस्थामा पुगेको उल्लेख गरेका छन्। “कतिपयलाई बजेटले नराम्रो गर्छ भनेर देखाउनैपर्ने बाध्यता छ, तर त्यस्तो देखाउने ठाउँ नै छैन,” उनले भने।
उनका अनुसार विभिन्न दलका नेता, विश्लेषक तथा सार्वजनिक व्यक्तित्वहरू बजेटलाई नराम्रो भन्न पनि नसक्ने र राम्रो भन्न मन नलाग्ने किसिमको मानसिक अवस्थाबाट गुज्रिरहेका छन्।
रिमालले बजेटलाई सम्पूर्ण समाधानको रूपमा नहेर्न आग्रह गर्दै यसप्रति टिप्पणी गर्दा तथ्य, तर्क र विश्लेषणको आधारमा निष्कर्ष निकाल्नुपर्ने सुझाव दिएका छन्।उनको यो अभिव्यक्तिले बजेटलाई लिएर विकसित बहसमा नयाँ कोण थपेको देखिन्छ, जसले आलोचना र समर्थन दुबै पक्षलाई गहिरो सोचमा पुर्याउन सक्छ।