© २०२३
काठमाडौं ।
राजसंस्था र हिन्दु राज्यको पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन जारी राखेका छन्। विगत केही दिनदेखि निरन्तर जारी रहेको यो प्रदर्शनमा राप्रपा र राप्रपा नेपाल लगायतका राजनीतिक दलहरू सक्रिय छन्।
गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरिएको र त्यसयता उनीहरूले आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने, “राजतन्त्र नआएसम्म हामी प्रदर्शन जारी राख्नेछौं।” प्रदर्शनका कारण माइतीघर–बानेश्वर मार्गमा सवारी आवागमन प्रभावित भएको छ।