© २०२३
मुगु, १५ जेठ ।
मुगुको खत्याड गाउँपालिकाको क्यातडी क्षेत्रमा रहेको सात रोपनी जग्गामा स्थानीय युवाहरूले उत्पादन गरेको आलुले बजार नपाउने हो कि भन्ने चिन्ता थपिएको छ ।
बाँझो र बाँदर लाग्ने जग्गामा खेती गरेका युवाहरू उत्पादित आलुले बजार नपाउने चिन्तामा परेका हुन् । लाखौँ मूल्यका आलु उत्पादन भएका आलुले बजार नपाउँदा खेतबारीमै कुहिएर खेर जाने हो कि भन्ने चिन्ता परेको हो ।
खत्याड गाउँपालिका वडा नम्बर ५ का अनन्त जौजी, भानुभक्त रावल र जुम्ला जिल्ला कनका सुन्दरी गाउँपालिका वडा नम्बर ३ का बम बहादुर बुढाले सामूहिक आलु खेती गरेको तर बजार नपाउने चिन्ता परेको कृषक बम बहादुर बुढाले बताए ।
उत्पादित आलु हाल ४० रुपैयाँ प्रतिकेजीका दरले विक्री भइरहेको छ । तर उत्पादित अन्य आलु कुहिएर जाने हो कि भन्ने चिन्ता लागेको कृषक अनिरुद्र जौसीले बताए । तर पालिका प्रमुख अज बहादुर शाहीले बजार खोजी गर्ने बचन दिएका छन् ।