© २०२३
कपिलवस्तु, (न्युज बुटवल टुडे) १४ जेठ। कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीका युवा समाजसेवी सुवास यादवले आफ्नो जन्मदिनको अवसर पारेर वडाका बिभिन्न बिद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन । आफ्नो ३३ औं जन्मदिनको अवसर पारेर समाजसेवी यादवले वडाका तिन वटा विद्यालयका २ सय ३९ बिद्यार्थीलाई बिद्यालय ब्याग र अलइन वान किताब बितरण गरेका थिए । उनले वडा नम्बर ५ को दलदल्हा स्थित श्री महादेव आधारभुत विद्यालयका बाल विकास देखी ४ कक्षामा अध्ययनरत बिद्यार्थीलाई १ सय ६३ थान बिद्यालय ब्याग, बभनीमा रहेको श्री धर्म भक्त मा.बि. का बाल विकासमा अध्ययनरत २४ बिद्यार्थीलाई बिद्यालय ब्याग र अल इन वन किताब तथा सोहि वडाको कोटीग्राम मा.बि गोटिहवाका बाल बिकासमा अध्ययनरत ५२ बिद्यार्थीलाई अल इन वन किताब बितरण गरेका थिए ।
जन्मदिनको सहितको शुभ कार्यको अवसरमा फजुल खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरि मानविय कार्यमा सहयोग गर्न सकिने बिषय लाई प्रोत्साहन गर्न सो सहयोगले उदाहरण दिएको समाजसेवी रामराज दुबेले बताए । ब्याग र पुस्तक सहितको शैक्षिक सामाग्री बितरण कार्यक्रममा श्री धर्म भक्त मा. बि.को व्यवस्थापन समिति अध्यक्ष रोहित लाल कोरी, श्री कोटी ग्राम मा. वि. अध्यक्ष शिव मंगल यादव, श्री महादेव आधारभूत विद्यालयका अध्यक्ष रामराज यादव सहित वडाका समाजसेवी हरु ओम प्रकाश चौधरी, मन्जुर मोहम्मद धुनियाँ (रुक्कु), बिक्रम चौरसिया, पारस जयसवाल, रामराज दुवे र साजन शर्मा लगायतको सहभागीता रहेको थियो । जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्नका लागि विद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेर सामाजिक जिम्मेवारी पुरा गरेको समाजसेवी यादवले बताए । समाजसेवी यादव नेकपा एमालेका युवा नेता हुन ।