Butwal Today

प्रतिनिधिसभा बैठक स्थगित

१४ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। अब बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ। सोही बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरिनेछ।

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे शंका उठाउँदै उनीहरूले छानबिन समिति गठन र राजीनामा नभएसम्म संसद् सञ्चालन गर्न नदिने चेतावनी दिँदै आएका छन्।

बजेटजस्तो संवैधानिक प्रक्रिया अवरोध नहुने विपक्षीको भनाइ रहे पनि सामान्य बैठक कार्यसूचीमा भने अझै अवरोध कायमै रहने संकेत देखिएको छ।