© २०२३
काठमाडौं, १४ जेठ ।
प्रतिनिधिसभामा आज पनि विपक्षी दलहरूको विरोध प्रदर्शन कायमै रह्यो। गृहमन्त्री रमेश लेखकको राजीनाको मागसहित सदनमा नारावाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठकलाई आधा घण्टाका लागि स्थगित गर्नुपर्यो।
बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू उठेर गृहमन्त्रीमाथि स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। उनीहरूको भनाइ छ— छानबिनको बाटो खुला गर्न गृहमन्त्री लेखकले पदत्याग गर्नुपर्छ। यही माग राख्दै उनीहरू दोस्रो दिन पनि सदनमा उत्रिएका हुन्।
संसद्मा जारी नारावाजी र अवरोधले गर्दा बैठकको कार्यसूची अघि बढ्न नसकेपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेका हुन्। परिस्थितिले संसद् सञ्चालनमा अवरोध आउने संकेत दिएको छ।