© 2026
काठमाडौँ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले नेपालमा मौसम बदली वर्षा र हिमपात हुने क्रम जारी छ।
यसै क्रममा आज दिउँसो (दिनमा) पनि लुम्बिनी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली हुने सम्भावना छ। साथै यस क्रममा देशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।
मौस महाशाखाका अनुसार आज राति बागमती प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुनेट भने बाँकी ठाउँमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।