ट्रेंडिंग:

>> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित)

सेयर बजारमा ०.८५ अंकले वृद्धि, कारोबार घट्यो

१३ जेष्ठ २०८२, मंगलवार
१३ जेष्ठ २०८२, मंगलवार

 काठमाडौं, १३ जेठ।

पूँजीगत लाभकर बढ्ने चर्चा चलिरहेका बेला अघिल्लो दिन घटेको सेयर बजार मंगलबार केही सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.८५ अंकले उकालो लाग्दै २६७५.६२ मा पुगेको छ। तर बजारमा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ७ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएकोमा आज ६ अर्ब ५२ करोडमा सीमित भएको छ।

बजारमा आज ८५ कम्पनीको मूल्य वृद्धि भएको छ भने १६१ कम्पनीको मूल्यमा गिरावट आएको छ। विकास बैंक समूह १.६६ प्रतिशतले वृद्धि भएर सबैभन्दा बढी उकालो लाग्ने समूह बन्यो। बैंकिङ, हाइड्रोपावर, उत्पादन र व्यापार समूहमा पनि सामान्य वृद्धि देखिएको छ।

त्यसैगरी, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, होटल तथा पर्यटन र अन्य समूहमा भने गिरावट आएको छ। पाँच कम्पनीका सेयर मूल्यमा १० प्रतिशतको बढोत्तरी देखिएको छ — ती हुन् कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी र पियोर इनर्जी।

पियोर इनर्जीको सेयर आज पहिलोपटक कारोबारमा आएको हो, जसको अन्तिम मूल्य प्रतिकित्ता ३१८ रुपैयाँ २० पैसा कायम भएको छ। यस्तै, बुटवल पावरको मूल्य ७.९५ प्रतिशतले बढ्दा, अपर हेवाखोला र सप्तकोशी विकास बैंकको क्रमशः ७.७६ र ७.६ प्रतिशतले मूल्य वृद्धि भएको छ।

विपरीत, गुराँस लघुवित्त र उपकार लघुवित्तको मूल्यमा क्रमशः ७.०९ र ४.७९ प्रतिशतको गिरावट आएको छ। कारोबारका आधारमा युनिभर्सल पावर, राधि विद्युत्, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र बुटवल पावर आजका सबैभन्दा सक्रिय कम्पनी बनेका छन्। सेयर बजार अहिले पूँजीगत लाभकरको सम्भावित असरका कारण अलि अस्थिर देखिएको छ, जसले लगानीकर्तालाई निर्णय लिन झन्झटिलो बनाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?