© २०२३
काठमाडौँ ।
बाजुराको जगन्नाथ गाउँपालिका–३ मा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेको जिप बा ५च २२०९ नम्बरको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको थियो।
घटनामा दुई जना घाइते भएका छन् भने मृतकहरूको पहिचान अझै खुल्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) इकपाल हवारीले जानकारी दिएका छन्। हाल घटनाको थप विवरण संकलन भइरहेको र अनुसन्धान जारी रहेको जनाइएको छ।