ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

रक्त संकलन केन्द्र स्थापनाका लागि लुम्बिनी प्रादेशिक अस्पताल र रुपन्देही व्यापारसंघबीच सम्झौता

१२ जेष्ठ २०८२, सोमबार
१२ जेष्ठ २०८२, सोमबार

बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त संकलन केन्द्र (ब्लड बैंक) स्थापनाका लागि सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त संकलन केन्द्र सञ्चालन गरिने भएको हो ।

रक्त संकलन केन्द्र स्थापनाका लागि अस्पतालको तर्फबाट बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल, वरिष्ठ प्रशासकीय प्रमुख राजन केसी तथा वरिष्ठ लेखा अधिकृत खगेश्वर घिमिरेले हस्ताक्षर गरेका छन् भने व्यापार संघको तर्फबाट अध्यक्ष दिपक अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, महासचिव प्रशुराम पन्त, कार्यकारी प्रमुख सरोज पोखरेलले हस्ताक्षर गरेका छन् ।

अस्पतालमा रक्त संकलन केन्द्र स्थापनासँगै सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको अस्पताल बिकास समितिका अध्यक्ष श्रेष्ठले बताए । अस्पतालमा सेवा स्थापना भन्दा पनि यसको दिगो सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै उनले यसको निरन्तरताका लागि दोस्रो पक्ष(व्यारसंघ)ले पनि दिर्घकालिन योजना र सोच तयार पार्न आग्र गरे ।

यसैगरी रुपन्देही व्यापार संघका अध्यक्ष अधिकारीले जनसेवाका लागि संघले अस्पतालसँग सधै सहकार्य गर्न तयार रहेको बताउँदै रक्त संकलन केन्द्रको स्थायित्वका लागि पनि आफूहरुले सधै ध्यान दिने उल्लेख गरे ।  अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट  डा. ढकालले रक्त संकलन केन्द्र स्थापनाले सेवाग्राहीलाई उपचारमा सहज हुने बताए ।

विगतमा अस्पतालसँग सहकार्य गरिरहेको रक्त सञ्चार केन्द्र बुटवलको भूमिकालाई पनि भुल्न नहुने उल्लेख गर्दै उनले नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको सहयोग अपरीहार्य रहेको बताए ।  अस्पतालमा स्थापना गरिने रक्त संकलन केन्द्रका लागि रपन्देही व्यापार संघले उपकरण उपलब्ध गराएक छ भने यसको सञ्चालन अस्पतालले गर्ने वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीले बताए । अस्पतालमा हाल मासिक ३ सय युनिट बढी रगतको माग हुँदै आएको विगतका तथ्याङ्कमा रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?