© २०२३
काठमाडौँ, ११ जेठ।
नेकपा एमालेबाट बागमती प्रदेशका वडाहरूमा निर्वाचित वडाअध्यक्षहरुको भेला सुरु भएकाे छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सो भेलाको उद्घाटन गरेका छन् । भेला गोदावरी, ललितपुरमा जारी रहेको छ। ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी रहेका छन् ।
निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रूपमा वडाअध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्र तहसम्म नै रणनीति बनाउने तयारी स्वरूप सो भेला गरिएको हो ।

बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईका अनुसार पार्टीको सङ्गठन विस्तारका लागि जनताका अपेक्षाहरू सङ्कलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरुको भेला बोलाइएको हो ।
भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी छन् । भेला भोलीसम्म सञ्चालन हुनेछ ।