Butwal Today

मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु, चालकसहित २ घाइते

११ जेष्ठ २०८२, आइतबार
अ+
अ-

दमौली (तनहुँ)

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका ३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दुर्घटनामा तनहुँकै व्यास नगरपालिका-५, पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रवीण थापा मगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २०/२२ वर्षका कुशल थापाको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा जिप चालकसहित २ जना घाइते पनि भएका छन्।

चालक व्यास नगरपालिका-४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगन्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका हुन्।

घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जानकरी दिएको छ। दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले  उद्धार गरेका थिए।