ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

दुर्गममा निःशुल्क आयुर्वेद शिविर

१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

सल्यान, १० जेठ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं ५ लेखचौरपानीमा शुक्रवार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । “दिगो स्वास्थ्यको आधार: आयुर्वेद उपचार” भन्ने नारासहित आयोजना गरेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १ सय ८१ जना महिला र १सय २५ जना पुरुष गरेर ३ सय ६ जनाले सेवा लिएको गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख गणेश रावलले जानकारी दिए ।  शिविर उद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले व्यक्तिको ठुलो सम्पत्ति भनेको स्वास्थ्य भएकाले आफ्नो शरीरलाई सधैँ स्वस्थ राख्नुपर्नेमा जोड दिँदै गाउँपालिकाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउने लक्ष्य सहित काम गरिरहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नं. ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले मन्तव्य राख्दै आयुर्वेदिक चिकित्सा प्रणाली अपनाउन सकेमा जीवन सहज हुने भन्दै यो पद्धतिको उपचारमा संलग्न हुन आग्रह गरेका थिए ।

आयुर्वेद डाक्टर कैलाश न्यौपानेसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श र निःशुल्क औषधि वितरण गरेको थियो । डाक्टरसहितको टोलीले गाउँमै पुगेर आयुर्वेद स्वास्थ्य सेवा प्रदान गरेपछि स्थानीयहरू खुसी भएका थिए । सानातिना समस्याका लागि पनि टाढा जानुपर्ने बाध्यतामा रहेका स्थानीयहरूले आफ्नै ठाउँमा शिविर सञ्चालन भएपछि राहत महसुस गरेका हुन् ।  शिविरमा पेट दुखाइ, अपच, पायल्स, मधुमेह, रक्तचाप र जोर्नी दुखाइजस्ता समस्या भएका बिरामी आएका थिए । उनीहरूलाई आयुर्वेदिक औषधि र जीवनशैली सुधारको सल्लाह दिइएको थियो । आयुर्वेद औषधिको कुनै पनि नकारात्मक असर नभएको र रोगलाई निको बनाउन प्रभावकारी हुने भएकाले आयुर्वेद उपचार पद्धतिको उपचार गर्न डाक्टर न्यौपानेले आग्रह गरे ।

शिविरमा अन्य वडाबाट पनि स्थानीयहरू सेवा लिन आएका थिए । कार्यक्रममा कार्यपालिका सदस्य तिला घर्ती, वडा सदस्य टंक बहादुर वली, गाउँपालिका स्थित सचिवालयका खडग शाही, छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगी, जनस्वास्थ्य निरीक्षक शिशिर रिजाल, वडा सचिव दुर्गा केसी, भलिबल खेलका राष्ट्रिय रेफ्री द्रोण चन्द, त्रिजमावि लेखचौरपानीका विव्यस अध्यक्ष कल्याण भण्डारी, प्र अ घनश्याम वली, वरिष्ठ वैद्य गीता परियार, आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र महानेटाका प्रमुख विजय कुमार घर्ती, सामाजिक परिचालक अमृता चन्द, शङ्कर केसी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?