ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

बुटवल हस्पिटलमा एकै पटक दुवै घुँडा प्रत्यारोपण

९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार

बुटवल, ०९ जेठ ।
बुटवल हस्पिटल प्रालिमा पहिलो पटक दुवै घुंडाको एकै पटक सफल प्रत्यारोपण भएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टिमबाट दुवै खुट्टाको घुंडामा हुने जोर्नीको प्रत्यारोपण गरिएको हो । यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलो पटक भएको डा. रेग्मीको दावी छ । विश्व प्रशिद्ध अमेरिकन कम्पनी म्याक्सको कृत्रिम जोर्नीको प्रयोग गरी विग्रिएको जोर्नीलाई बिस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको डाक्टरको भनाइ छ । दरवार गाउँपालिका गुल्मी स्थायी घर भई बुटवलको वेलवरियामा बस्दै आउनु भएकी ५३ वर्षिया पुर्णकला सोमैको बुटवल हस्पिटल प्रालिमा शल्यक्रिया भएको हो । उनि लामो समयदेखि जोर्नी खिइने रोग अस्टिओआर्थाइटिसुबाट पीडित थिईन् ।

घुँडामा धेरै दुखाइ हुनुका साथै जोर्नी बाङ्गो भएर हिँडडुल गर्न नसक्ने भएपछि उपचारको निमित्त उनले अस्पतालहरूमा धाउन थालेकी हुन् । बुटवल हस्पिटल प्रा लिमा यस्तो खालको घुंडाको प्रत्यारोपण हुन्छ भन्ने कुरा चिकित्सकहरूबाट सुनेदेखि नै उनमा आफु पहिलेकै अवस्थामा फकिन्छु कि भन्ने आशा पलाएको थियो । घुंडाको प्रत्यारोपण भएको ५ दिन पछि नै उनी सामान्य साहरामा हिँडडुल गर्न थालिसकेको पुर्णकलाका श्रीमान् भुवन सिंहले बताए ।  अस्पतालबाट घर पर्किने वेलामा सामान्य हिँडडुल गरेकी पुर्णकलाले आफु पहिलेको अवस्थामै फर्किन लागेको भन्दै खुशी व्यक्त गरिन् । कुराकानीका क्रममा उनले भने –‘पहिला त म अब वाचुञ्जेल यस्तै कँुजि भएर बस्नु पर्ने होला भन्ने थियो तर बुटवल हस्पिटलमा भएको उपचारपछि मैले अर्को जन्म पाएको महसुस भएको छ ।’ उनले थपे ‘ पहिला त घुंडा नुग्ने नै थिएन त्यसैले हिँडडुलको त कुरै भएन एकै ठाउमा बसेको बसै गर्ने गर्दथे । ’

शल्यक्रियामा डा. रेग्मीसंगै बुटवल हस्पिटल प्रा लिमा कार्यरत हाडजोर्नी रोगविशेषज्ञ डा. समिर उल्लाह र डा दिपेन्द्र यादव तथा बुटवल हस्पिटल कै डा. प्रल्लाद अधिकारीको एनेस्थेसियाको टिमले शल्यक्रिया गरेको हो । बुटवल हस्पिटल प्रालिमा कार्यरत डा रेग्मीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान विर अस्पताल बाट जोर्नी सम्वन्धी समस्यामा फेलोसिप तालिम लिएका थिईन् । घुंडा प्रत्यारोपण पछि डा. रेग्मीले पहिलो पटक दुवै घुंडाको एकैपटक सर्जरी भएकोले काठमाडौंका चिकित्सकहरूको समेत सहयोग लिएको बताए । उनले अबका दिनमा यस्तो अप्रेशनका लागि हस्पिटलकै टिम तयार हुने पनि बताए ।

कृत्रिम जोर्नी ( इल्म्पलान्ट) अलि महंगो पर्ने भएपनि काठमाडौं भन्दा सस्तो मुल्यमा बुटवलमा घुडाको प्रत्यारोपण सर्जरी भएको हो । सुलभ दरमा कृत्रिम जोर्नी (इल्म्पलान्ट) उपलब्ध गराउन सरकार या सरोकारवाला नियकाले पहल गरेमा यस्तो समस्याबाट दुःख पाएका बिरामीका लागि जोर्नी प्रत्यारोपण शल्यक्रिया बरदान सावित हुने बुटवल हस्पिटलका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । हाडजोर्नी समस्यामा यस प्रकारको अत्याधुनिक तथा जटिल शल्यकृया बुटवलमा हुने भएपछि महंगो खर्चमा उपचारको निमित्त काठमाडौं वा भारतका बिभिन्न ठाउँमा भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?