ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

सिल्क रोड फोरमले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउन सक्ने: तिमिल्सिना

८ जेष्ठ २०८२, बिहीबार
८ जेष्ठ २०८२, बिहीबार

सियान, चीन ।

राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीनको सियान शहरमा जारी छैटौं सिल्क रोड फोरमलाई नेपालका लागि आर्थिक सशक्तिकरणको महत्वपूर्ण अवसरको रूपमा चित्रण गरेका छन्। बिहीबार फोरमको अधिवेशनलाई सम्बोधन गर्दै तिमिल्सिनाले नेपालले भौतिक पूर्वाधार र प्रविधिको विकासमार्फत आर्थिक सुदृढीकरण गर्न फोरमले उल्लेखनीय भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।

उनले फोरमले आधारभूत संरचना, व्यापार, लगानी, संस्कृति र डिजिटल कनेक्टिभिटी जस्ता क्षेत्रमा सहकार्यलाई प्रवर्द्धन गर्ने भएकाले नेपाल जस्तो विकासोन्मुख मुलुकले यसबाट विशेष लाभ लिन सक्ने उल्लेख गरे।

“बीआरआईको सहयोगमा नेपालले आफ्नो भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्न सक्छ,” उनले भने, “यसका लागि सरकारसँग दृढ इच्छाशक्ति, पारदर्शिता र दीर्घकालीन योजना हुनु आवश्यक छ।”

तिमिल्सिनाले चीनसँगको बढ्दो सम्पर्कले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्नसक्ने तथा पर्यटन प्रवर्द्धनमा पनि मद्दत गर्ने बताए। सिल्क रोडले अन्तर्राष्ट्रिय पर्यटक प्रवाहमा जोड दिनसक्ने भन्दै उनले यसलाई नेपालको पर्यटन विकासका लागि अवसरको रूपमा हेर्न आह्वान गरे।

त्यस्तै, उनले सिल्क रोड फोरमलाई बेल्ट एन्ड रोड पहलअन्तर्गत नीति, पूर्वाधार, व्यापार, वित्तीय सहकार्य र जनस्तरको सम्पर्क विस्तारका लागि एक प्रभावकारी प्लेटफर्मको रूपमा व्याख्या गरे।

“फोरमले आपूर्ति र औद्योगिक शृङ्खलाको एकीकरण, सांस्कृतिक आदानप्रदान, वैज्ञानिक अनुसन्धान, प्रविधि र शिक्षा जस्ता क्षेत्रहरूमा सहयोग विस्तार गर्दै नयाँ अवसर सिर्जना गर्नेछ,” उनले विश्वास व्यक्त गरे।

तिमिल्सिनाले दक्षिण एसिया र मध्य एसियासँगको सहकार्य गुणात्मक रूपमा बलियो बनाउने दिशामा पनि सिल्क रोड फोरमले सहयोग गर्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?