Butwal Today

काठमाडौँको गौशालामा यात्रुबाहक बस दुर्घटना, तीन घाइते

७ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँको गौशालामा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटनामा परेको छ। एयरपोर्टतर्फ जाँदै गरेको बाबा गोकर्णेश्वर यातायातको बा ५ ख ६७३५ नम्बरको बस मंगलबार बिहान १०:५५ बजे दुर्घटनामा परेको हो। बस अनियन्त्रित भई सडकमा गुडिरहेका सवारीसाधनहरूलाई ठक्कर दिँदा दुर्घटना भएका हुन्।

दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकल चालक धादिङका राजकुमार श्रेष्ठ, सोही मोटरसाइकलका पछाडि सवार नुवाकोटका विकास कट्टेल र प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङका शैलेन्द्र राई घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा भर्ना गरिएको छ।

बसले बा ५ ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र–०१–०२६ च ८५७६, बी एसी ९७७३, र बा १६ च ४४५२ नम्बरका कारहरू, प्र–२–०१–००३ प १००५ र बा ५१ प २२ नम्बरका मोटरसाइकल, साथै बा.प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिएका छन्।