Butwal Today

सुनचाँदीको मूल्य आज पनि बढ्यो

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-
काठमाडौँ ।
स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला रु तीन  हजार ३०० र असली चाँदी रु १२० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य रु तीन हजार १९५ कायम भएको छ ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?