© 2026
बुटवल ।
पाल्पाको ऐतिहासिक भगवती मन्दिरबाट तिनाउ–३ स्थित सिद्बाबाबा मन्दिरसम्म पदयात्रा गरेको टोलीलाई सिद्बाबाबा मन्दिरमा स्वागत गरिएको छ ।
नाट्टा पाल्पा च्याप्टरको आयोजनामा भएको पदयात्रामा ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो । ‘पाल्पाको पहिचान, सेनकालीन इतिहास’ भन्ने नारासहित सुरु भएको पदयात्रामा सहभागीहरू सिद्बाबाबा मन्दिरमा पुगेर दर्शन गरेका थिए ।
मन्दिरमा पुगेका पदयात्रीलाई सिद्बाबाबा मन्दिर विकास समितिका अध्यक्ष अरविन्द्र पाण्डेय, सचिव विष्णु पाण्डेय, कोषाध्यक्ष तोया लम्साल तथा मूल पण्डित गुरु नारायणप्रसाद घिमिरेलगायतले रामनामी खादा लगाएर स्वागत गरेका थिए ।
पाल्पा र बुटवल क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक धरोहरको अवलोकनसँगै तिनको प्रचार–प्रसारमा योगदान पुर्याउने उद्देश्यले दुईदिने पदयात्रा आयोजना गरिएको नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजीव साहाले बताए ।
भगवती मन्दिरबाट सुरु भएको पदयात्रा बुटवलको फूलबारी, जितगढी, नवाकोट र जन्तेलुङ हुँदै पाल्पा पुगेर समापन हुने जनाइएको छ ।
तस्बिर : विश्वास ढकाल / बुटवल टुडे

