Butwal Today

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

सिन्धुलीस्थित मध्यपहाडी राजमार्गमा बसको ठक्करबाट कार सुकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा कार चालक, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी गणेश थापा र नाम नखुलेका एक जना हेल्पर रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बस, चालक हेमबहादुर तामाङले चलाएको थियो । उक्त बसले खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो ।

बसको ठक्करपछि कार सुकोशी नदीमा खसेको हो। कारको नम्बर भने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?