Butwal Today

सुनकोशी नदीमा कार खस्यो

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

सिन्धुलीस्थित सुनकोशी नदीमा एक कार खसेको छ ।

फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रबाट कार सुनकोशी नदीमा खसेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । कारमा कति जना सवार थिए भन्ने विषयमा हालसम्म यकिन हुन नसकेको उनले बताए ।

प्रहरीका अनुसार प्रारम्भिक सूचनामा बसको ठक्करबाट कार नदीमा खसेको उल्लेख गरिएको छ । यद्यपि, नदीमा खसेको कार र ठक्कर दिएको भनिएको बसको नम्बर भने अझै खुल्न बाँकी रहेको एसपी सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?