© 2026
काठमान्डौँ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँका दरले मूल्य बढाइएको हो ।
मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल र डिजेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ ।
यद्यपि, एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
