Butwal Today

राष्ट्रघात, भ्रष्टाचार र जातिवाद: अनिष्टका आधार

८ असार २०८३, सोमबार
अ+
अ-

बितेका केही वर्षदेखि देशमा सबै किसिमको विदेशी भाव खास गरी इण्डो–पश्चिमाहरूको, त्यसमा पनि बढी अमेरिकाको प्रभुत्वकारी क्रियाकलाप अचाक्ली बढेको छ ।

यसका विरुद्ध देशका सबै शक्तिहरू एकै ठाउँमा उभिएर सङ्गठित एवं सफल अभियान चलाउन नितान्त आवश्यक छ । तर, यो आवश्यकतालाई महसुस गर्ने कसले ? नेपालजस्तो सानो, भूपरिवेष्टित अत्यन्तै अविकसित देशको अगाडि शक्तिशाली राष्ट्रहरूद्वारा नानाभौतिका प्रत्यक्ष उपरोक्ष दबाब तथा विभिन्न किसिमका षड्यन्त्रहरू अनवरत रूपमा चलिरहेका छन् ।

जसले गर्दा आज हाम्रो अगाडि सार्वभौमिकता, राष्ट्रिय स्वतन्त्रता, क्षेत्रीय अक्षुण्णतालाई कसरी जोगाइराख्ने भन्ने चिन्ताले देशभक्त मानिसहरू व्यग्र छन् । साथै हर क्षेत्रमा विभाजित मनस्थितिले मुलुक आक्रान्त छ । चिन्ता गरेर मात्र समस्याको समाधान निस्कँदैन । बरु समस्या समाधानका लागि चिन्तन गर्नुपर्दछ ।

समाधानको एक मात्र उपाय हो– आफ्नो देशको भू–सार्वभौमिकताको रक्षाका निम्ति राष्ट्रिय ऐक्यबद्धता । तर, विडम्बनाको कुरो के छ भने तिनै विदेशी प्रभावमा परेका नेपाली अनुहारका बेसहाराका वैदेशिक शक्ति केन्द्रबाट परिचालित तत्त्वहरूले यो वा त्यो नाउँमा र यो वा त्यो निहुँमा विभिन्न किसिमका बखेडा झिकेर राष्ट्रिय एकतालाई खल्वलाइरहेका छन् । उनीहरूको दुष्प्रयत्न सफल हुने छैन ।

तर पनि नेपाली–नेपालीका बीच फाटो पारेर पारस्परिक सद्भावलाई विथोल्न चाहन्छन् । हामीले बुझ्नुपर्ने कुरा के हो भने भाई फुटे गवार लुटे भयो भने हाम्रो देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र बाहिरी हस्तक्षेपले अझ तीव्रता पाउँछ । बाहिरियाबाट परिचालित दुवो भित्रका हरिया सर्पहरू अझ बढी सल्बलाउन थाल्दछन् ।

यस्ता सर्पहरूलाई सबैले पहिचान गरांै ! अब सवाल उठ्छ ती सर्पहरूलाई कसरी पहिचान गर्ने ? कसरी चिन्ने ? जातिवादी नारा प्रमुख समस्या हो । हाम्रो देश आज जुन किसिमको भ्रम, अनिश्चितता तथा अन्योलको भुमरीमा जकडिएको छ, यसका धेरै कारणहरू मध्ये मूल कारण हो– जातिवादी नारा ।

अचम्मको कुरा के छ भने लखन थापाको विद्रोहदेखि गोरखा प्रजापरिषद्को स्थापना, चार शहीदहरूको प्राण आहुती, २००७ सालको जनक्रान्ति, २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण त्यसको विरोधमा संसदीय व्यवस्था प्रणाली स्थापनाको लागि भएका आन्दोलनहरू, ०३५/०३६ सालको राष्ट्रव्यापी विद्यार्थी आन्दोलन र जमत संग्रह, ०४६ सालको देशव्यापी सयुक्त जनआन्दोलन र प्रजातन्त्रको पुनस्र्थापना, राजा ज्ञानेन्द्रद्वारा चालिएको प्रतिगमन विरोधी राष्ट्रव्यापी जनआन्दोलनका क्रममा यति ठूलो जन–जागरण राष्ट्रिय स्वतन्त्रता तथा लोकतन्त्र प्रतिको यत्रो ठूलो जनचेतना भएको देश आज जातिवादी नारामा रुमल्लिएर भित्र–भित्र भुसको आगो झै बनेको छ ।

प्रजातन्त्र प्राप्तिका निम्ति देशका सम्पूर्ण वाम तथा प्रजातान्त्रिक शक्तिहरूका बीच राष्ट्रिय ऐक्यबद्धता र संयुक्त जनआन्दोलन र त्यस आन्दोलनले प्राप्त गरेको उपलब्धीहरूको राष्ट्रको सर्वोत्तममुखी बिकास, कमरेड पुष्पलालको जीवनभरिका शिक्षा थिए । वीपि, गणेशमान, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीको सम्पूर्ण जीवन नै देशभक्ति, प्रजातान्त्रिक आस्था, मूल्यको संरक्षण, सम्बद्र्धनका खातिर संघर्ष र तपस्यामै समर्पित बन्यो । यी महापुरुषहरूको मृत्य पश्चात् देश आज टुहुरो बनेको छ ।

जबसम्म हामीलाई उहाँहरूको छहारी प्राप्त थियो, त्यो बेलासम्म यहाँ कुनै जातीबादीको गन्ध थिएन । आज दुःख एवं खेदका साथ भन्नु परेको छ – उहाँहरूको भौतिक अस्तित्वको अवसानको साथसाथै हाम्रो गौरवमय राष्ट्रिय इतिहासको पनि अवसान भएको छ । जबसम्म जनपक्षीय राजनीतिमा उहाँहरूको दरो नेतृत्व थियो, तबसम्म समस्त प्रजातन्त्रप्रेमी, देशभक्त नागरिकहरूका आकांक्षाले प्रतिध्वनित हुने मौका पाएका थिए ।

आफ्ना आधारभूत सिद्धान्तलाई जोगाएर आम नेपालीहरूको बीच सद्भाव, सहकार्य उहाँहरूको mविशिष्ट विशेषता थिए । तर, आज प्रचण्ड, बाबुराम, शेरबहादुर, केपी, माधव, झलनाथ, उपेन्द्र, सीके राउत जस्ता शिखण्डीहरूले देशको राजनीतिलाई सबैका अगाडि कहाँ पु¥याए जगजाहेर छ । यी पात्रहरूको अनिष्टकारी चालाले उत्पन्न गरेको प्रतिक्रियाको प्रभावबाट देशमा जातीय द्वन्द, भ्रष्टाचारको साम्राज्य, सत्ता र शक्तिको दुरूपयोग, राष्ट्रिय सार्वभौमिकता एवं स्वाधीनतामाथि खतराका बादल मडारिएका छन् ।

जातिवादी नारासंगै प्रचण्ड भन्छन–“भारतको लागि कम्फर्टेबल सरकार चाहियो । माधव भन्छन्– “म नेता हुँ नेता, मेरो अपमान भयो । बाबुराम आफू देशको प्रधानमन्त्री पदमा आसिन भएकै बेला “नेपाल एक दिन कि भारतसित या त चीनसित (विलय हुनैपर्छ यिनीहरूमध्ये कुनै एकसित मर्ज नभई आफ्नो अस्तित्व रक्षा गर्न सक्दैन, सिके डोड्याएको सुनिदैछ मधेसलाई स्वातन्त्रता चाहियो । उपेन्द्रको बोली त्यस्तै छ ।

सत्ताका महत्वपूर्ण पद ओगटेर बसेका छन र उनका झोलेहरूको यस्ता कथनी र करनीले सर्वसाधारण जनताको मनस्थितिमाथि कस्तो प्रभाव पार्ला ? कस्तो प्रभाव निम्त्याउला भन्ने सोच उनीहरूमा कहिले पलाएन । आज हाम्रो देशले जुन गम्भीर स्थितिको सामना गरिरहन परेको छ यसको जिम्मेवार यिनै कुपात्रहरू हुन । यिनका भूल सच्याउनैपर्छ ।

समाधानको उपाय समस्या र समाधान एउटै सिक्काका दुई पाटा हुन । जहाँ समस्या छ त्यसैभित्र समाधान पनि लुकेको हुन्छ , त्यसलाई पत्ता लगाउन इमान्दार प्रयत्नले काम गर्न सचेत नागरिकहरूको कर्तव्य हो ।

नेतृत्व पंक्तिमा रहेका व्यक्तिहरूको नकारात्मक एवं स्वार्थी प्रवृत्तीले गर्दा हाम्रा हरेक समस्याहरू जटीलतम बन्दै गएका छन् । अब सत्ताको वागडोर समातेकाहरूलाई हामीले नै समाधानका उपायहरू बताइदिने हो । यदि हामीले दिएको शिक्षा ग्रहण गर्दैनन् भने सत्ताबाट गलहत्याएर फ्याक्ने हो ।

जातिवादी सोचाइले जनताका समस्याहरू पनि समाधान गर्ने होइन कता कता कतिपय समस्यालाई अझ जटिल बनाउँदै लान्छ । मान्छे धनी हुनु र गरीब हुनु जात र भुगोलको आधारमा होइन आर्थिक स्रोतको आधारमा हो ।

जसको आम्दानीको स्रोत राम्रो छ, दलितै भए पनि आर्थिक रूपमा सम्पन्न भएको हामीले (देखेकै छौं । त्यस्तै जसका आर्थिक स्रोतहरू कमजोर छन् उनीहरू उच्च जातिका भनिएपनि उनीहरूको आर्थिक स्थिति दयनीय छ ।

हाम्रो संविधानले उच्च र निच जातको आधारमा विभेद गरेको छैन भने जातको आधारमा एकथरीलाई सम्पन्न भनेर अवसरहरूबाट वञ्चित गरिनु र अर्कालाई धनी भएपनि गरिवको दर्जा दिलाई पक्षपात गर्नु न्यायसंगत होइन । देशमा कलह निम्त्याउन निवर्तमान शासकहरूले लगाएको यो अभिशाप बर्तमान सरकारले आर्थिक मापदण्डलाई आधार बनाएर सच्याउन जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?