Butwal Today

अन्तरराष्ट्रिय महिला भलिबल: घरेलु मैदानमा नेपाल पदकविहीन

१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा घरेलु टोली नेपाल पदकविहीन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा भारतसँग नेपाल ३(१ को सेटमा पराजित भएको हो ।

भारतले नेपाललाई पहिलो सेट २५-२२ ले पराजित गर्‍यो भने खेलको दोस्रो सेट २५-२३ ले जित्यो । त्यसै गरी खेलको तेस्रो सेटमा नेपाल २५-१५ ले जित्यो । खेलको चौथो सेट भने भारतले नेपालमाथि २५-२२ को जित निकाल्यो ।

यस जितसँगै भारतले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दा नेपाल भने चौथो स्थानमा रह्यो । यसअघि हिजो भएको सेमिफाइनलमा इरानसँग नेपाल ३-० को सेटमा पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?