© 2026
एक वयस्क जोडीले आफ्नो जीवनमा बच्चा पेटमा राख्ने योजना बनाएदेखि वा आमाको पेटमा बच्चा बसेदेखि बच्चा जन्मने समय अवधिसम्मको सम्पूर्ण हेरचाह वा स्याहारसुसार जसले आमा र पेटमा रहेको बच्चाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा सहयोग पु¥याउँछ भने त्यस्तो किसिमको स्याहारलाई प्रसूति पूर्व स्याहार भनिन्छ ।
प्रसूति पूर्व स्याहार (Antenetal Care) लाई अत्यन्तै महत्त्वपूर्ण विषयको रूपमा लिइएको छ । जब कुनै पनि दम्पतीले आफ्नो वंशलाई निरन्तरता दिनको लागि होस वा आफ्नो चाहना र रहरलाई पूरा गर्ने उद्देश्यका साथ आाफूबाट सन्तान जन्माउने सोच बनाउँछन् ।
त्यसपछि उनीहरू दुवै जोडीको सल्लाहले बच्चा आमाको पेटमा बस्नुभन्दा दुई महिना अगाडिदेखि नै स्वास्थ्यकर्मीको सल्लाह बमोजिम आफ्नो स्वास्थ्यको परिक्षण गराई फोलिक एसिड भन्ने अत्यन्तै महत्त्वपूर्ण औषधी दिनको एक गोलीको दरले बच्चा पेटमा बसेको १२ हप्ता अर्थात तिन महिनासम्म निरन्तर रूपमा खानुपर्दछ ।
जब आामा हुने बेला ती महिलाले आफ्नो महिनाबारी रोकिएको थाहा पाइसकेपछि युपिटी टेस्ट किटको माध्यमबाट जाँच गरी वा भिडियो एक्सरेको भरपर्दो जाँचबाट पेटमा बच्चा बसेको निक्र्योल गरि सकेपछि यो औषधिलाई निरन्तरता दिनुपर्दछ ।
त्यसपछि उनलाई निरन्तर उनको खानपानमा बिशेष ध्यान दिदै गर्भ रहेको ९१ औं दिनबाट एक गोली जुकाको औषधि खान दिने र निरन्तर रूपमा क्याल्सियम र आईरन एक.एक गोलीको दरले बच्चा जन्मेको ४५ दिनसम्म खान दिने ।
त्यसको साथै पहिलो गर्भवती महिला भएमा एक महिनाको फरकमा दुई डोज टिडी खोप र दोस्रो गर्भवती भएमा हरेक गर्भमा थप एक डोजको मात्राका आधारले टि डी खोप दिनुपर्दछ । त्यसको साथसाथै नियमित रूपमा आठ पटक गर्भको जाँच निम्न अनुसार अनिवार्य गराउनुपर्दछ ।
१ : पहिलो जाँच गर्भ रहेको १२ हप्तामा
२ : दोस्रो जाँच गर्भ रहेको १६ हप्तामा
३ : तेस्रो जाँच गर्भ रहेको २० देखि २४ हप्तामा
४ : चौथो जाँच गर्भ रहेको २८ हप्तामा
५ : पाँचौँ जाँच गर्भ रहेको ३२ हप्तामा
६ : छैटौँ जाँच गर्भ रहेको ३४ हप्तामा
७ः सातौँ जाँचग गर्भ रहेको ३६ हप्तामा
८ : आठौँ जाँच गर्भ रहेको ३८ देखि ४० हप्तामा
प्रसूति पूर्व स्याहारबाट हुने फाइदाः
यस प्रकारको नियमित गर्भजाँचले आमा र बच्चालाई प्रत्यक्षरूपमा फाइदा पु¥याउँदछ भने परिवारका सम्पूर्ण सदस्यहरूलाई समेत पारिवारीक, मानसिक, सामाजिक र आर्थिक पक्षमा फाइदा पु¥याएको हुन्छ
। यसले बच्चालाई उसको महिनाको अनुपातमा हुनुपर्ने वृद्धि विकास र शारिरिक तौलको साथै भिडियो एक्सरेको सहायताले उसको शारीरिक अंग प्रत्यङ्गहरूको समेत अवस्था थाहा पाउन सकिन्छ भने आमाको शारीरिक, मानसिक, पारिवारिक र सामाजिक अवस्थाको साथसाथै महिनाको अनुपातको गर्भको वृद्धि विकास, शारीरिक तौलको वृद्धि र गर्भको सम्पूर्ण अवस्थाको बारेमा जानकारी पाई थप केही सुधार र सचेत रहनुपर्ने कुराहरूमा समेत महत्त्वपूर्ण जानकारी लिन सकिन्छ ।
साथै गर्भवती आमा र गर्भको बच्चा परिवारकै सदस्य भएको नाताले उनीहरू दुवैको स्वास्थ्यलाई जोगाएर राख्न सकेमा गर्भको कारणबाट परिवारमा कुनै किसिमको नकारात्मक समस्या देखा नपरेमा परिवारका सम्पूर्ण सदस्यहरूमा समेत पारिवारिक, मानसिक, सामाजिक र आर्थिक समस्या समेत देखा नपर्ने हुँदा प्रसूति पूर्व स्याहारलाई अत्यन्तै महत्वको साथमा हेरिएको पाइन्छ ।
नियमित गर्भ जाँच गराउँदाको फाईदाः
नियमित रूपमा आठ पटक गर्भ जाँच गराएमा गर्भवती आमालाई स्वास्थ्यको साथमा अन्य फाइदा पनि नेपाल सरकारले व्यवस्थामा ल्याएको छ । गर्भवतीले प्रोटोकल अनुसार वा अनिवार्य आठ पटक गर्भ जाँच गराएमा ८०० रूपैंयाँ र सुरक्षित रूपमा बच्चा जन्माउन अस्पताल गएमा गाडी भाडा स्वरूप तराईको जिल्लामा १००० रूपैंया, पहाडी जिल्लामा २००० रूपैंया र हिमाली जिल्लामा ३००० रूपैंयाका दरले थप गरी अस्पतालमा नै गएर बच्चा जन्माउने आमाहरूलाई दिने र बच्चालाई न्यानो झोला समेत दिने कार्यक्रम समेत रहेको छ ।
यस कार्यले गर्भवती आमाहरूमा अनिवार्य आठ पटक गर्भ जाँच गराउने र अस्पतालमै बच्चा जन्माउने कार्यमा थप उत्साह र प्रोत्साहन गर्ने गरेको पाइन्छ । त्यसैले आमा र बच्चाको स्वास्थ्यलाई थप सुरक्षित र जोखिममुक्त गराउनको लागि पनि आठ पटक वा प्रोटोकल अनुसार गर्भ जाँच अनिवार्य गराउनुपर्दछ ।
अनिवार्य रूपमा खानुपर्ने औषधिको सेवन र अस्पतालमै बच्चा जन्माउने कार्यको साथै पूर्व प्रसूति स्यहारमा गर्भवती आमालाई खुवाउनु पर्ने ताजा र पोसिलो खानपानको साथै स्वास्थ्यका विभिन्न कार्यक्रमहरूमा र विभिन्न सूचनाहरूमा देखिएको हरेक बार खानाचार भन्ने भनाईलाई व्यवहारमा प्रयोग गर्नुको साथमा आराम र व्यायामको समेत महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ ।
अन्त्यमा समग्र रूपमा भन्ने हो भने सरकारले जति पनि लगानी गरेको छ, त्यसकै आधारमा सेवाग्राहीबाट सेवा पाएको आधार भने स्वास्थ्यको डाटाबेसको आधारमा अझै पनि कमी पाइएको छ । यसमा जिम्मेवारी कसले लिने त भन्ने सन्दर्भमा अहिलेको नयाँ संरचना अनुसार वर्गीकरण गरिएको राज्यका तिन वटै तहका निकाय र त्यहाँ रहेका सम्पूर्ण जनप्रतिनिधिहरू प्रशासन र स्वास्थ्यका क्षेत्रमा काम गर्न खटिएका सम्पूर्ण सरोकारवालाहरूको नङ्ग र मासुको सम्बन्धका साथ हातेमालो गरेर आ– आफ्नो ठाउँबाट देश भरीको जनमानसलाई स्वास्थ्यको बारेमा जनचेतनामूलक सन्देश फैलाउन सकेमा यसको आवश्यकताको बारेमा बुझाउन सकेमा र स्वयं व्यक्ति आफै मेरो स्वास्थ्यको ख्याल म आफै गर्नुपर्दछ भने मात्र यो कार्यले पूर्णता पाउँदछ ।
स्वास्थ्यका सूचकहरू लक्ष्यका आधारमा पूरा हुन्छन् । त्यस कारणले गर्दा मानव जीवनको सुरुवातीको चरणको पहिलो बिन्दु भनेकै पूर्व प्रसूतिको समयबाट हुने हुँदा यस समयमा एउटा मानवको स्याहार गर्दा दुईबटा आत्मा र शरीरको वृद्धि विकास र स्वस्थताको समेत स्याहार पुग्ने हुँदा यो प्रसूति पूर्व स्याहारको निकै महत्त्व रहेको पाइन्छ ।