ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

बेलहिया नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्यामा वृद्धि

२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

बुटवल । रुपन्देहीको बेलहिया नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या बढेको छ । एक वर्षको अवधिमा १ लाख बढी पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन् ।

अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीका अनुसार सन् २०२५ मा १ लाख ३ हजार ९ सय ५५ जना पर्यटक बेलहिया नाका हुँदै प्रवेश गरेका हुन् । यो अवधिमा १ लाख २ हजार २ हजार ४ सय ५५ जना पर्यटक यो नाका हुँदै गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

त्यस्तै सन् २०२४ मा यो नाका हुँदै ९२ हजार ६ सय ४४ पर्यटक भित्रिएका थिए । त्यसै गरी ९३ हजार २ सय ९० जना पर्यटक यहाँबाट गन्तव्यतर्फ प्रस्थान गरेको कार्यालयले जनाएको छ ।

सन् २०२५ मा बेलहिया नाकाबाट सबैभन्दा बढी श्रीलंकाका ३४ हजार ३ सय ६६ जना पर्यटक नेपाल आएका छन् । त्यसपछि म्यानमारका १९ हजार ९ सय ६२, थाईल्याण्डका १९ हजार १ सय ९५, भियतनामका ७ हजार ६ सय ४५, दक्षिण कोरियाका ३ हजार ८२ र संयुक्त राज्य अमेरिकाका २ हजार १ सय ४९ जना पर्यटक नेपाल प्रवेश गरेका छन् ।

२०२५ सालमा सबैभन्दा बढी मार्चमा २० हजार ७ सय २० पर्यटक नेपाल आएका छन् । त्यस्तै फ्रेअुबरीमा १७ हजार ८ सय ७१, नोभेम्बरमा १६ हजार ३ सय ५, अक्टोबरमा ११ हजार ६ सय ९७ र डिसेम्बरमा १० हजार ७ सय २० जना पर्यटक आएका हुन् ।
पछिल्ला वर्ष बेलहिया नाकाबाट भित्रिने राहदानीबाहक (तेस्रो मुलुक) का पर्यटकको संख्या बढेको छ ।

बेलहिया नाका हुँदै सन् २०१८ मा १ लाख ६६ हजार २ सय ३५, २०१९ मा १ लाख ६१ हजार ६ सय ९१, २०२० मा ४३ हजार ३ सय ६७, २०२१ मा ८१२, २०२२ मा २० हजार २ सय २० र २०२३ मा ८१ हजार ८ सय ५ सय ५१ पर्यटक नेपाल आएका छन् ।

अध्यागमन कार्यालय बेलहियाका प्रमुख बासुराम पौडेलले २०२५ मा पर्यटकको आगमन साचेअनुरुप हुन नसके पनि विगतका वर्षभन्दा संख्या भने बढेको बताए ।

‘सन् २०२५ मा करिब १ लाख २० हजार पर्यटकको आगमन हुने आंकलन गरेका थियौं । जेनजी आन्दोलनका कारणले त्यति आगमन हुन सकेन । तर, कोरोनाकालपछि क्रमशः पर्यटकको संख्या बढ्दै गएको छ’- उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?