ट्रेंडिंग:

>> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने >> बालेनले सम्बोधन गर्ने ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु

जेनजी आन्दोलनमा साढे २३ करोड नगद खरानी

२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

 काठमाडौं, २५ पुस ।

२३ र २४ भदौको जेनजी आन्दोलनमा साढे २३ करोड रुपैयाँभन्दा बढी नोट जलेर नष्ट भएको छ ।

आन्दोलमा कुल नगद क्षति साढे ७८ करोड भए पनि जलेर नष्ट भएको रकम २३ करोड ६९ लाख रुपैयाँ बराबर रहेको छ ।

जेनजी आन्दोलपछि बनेको अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयारी समितिको २०८२ सालको प्रतिवेदन अनुसार नगद तथा बहुमूल्य वस्तु वा सम्पत्तिमा पुगेको कुल क्षति २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबर छ ।

त्यसमध्ये चोरीका कारण ३२ करोड ८१ लाख रुपैयाँ क्षति भएको छ भने तोडफोडका कारण नगदमा २२ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । कुल क्षति रकममध्ये चोरीबाट ५७.५ प्रतिशत, तोडफोडबाट ११.६ प्रतिशत र आगजनीबाट ३०.९ प्रतिशत क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

सुन, चाँदी, हिरा र मोती जस्ता बहुमूल्य धातुमा चोरीबाट १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबर क्षति पुगेको छ । यस्ता धातुमा आगजनी र तोडफोडका कारण क्रमशः १३ करोड ११ लाख र ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । अन्य बहुमूल्य वस्तुमा पनि चोरी मुख्य क्षतिको कारण देखिएको छ ।

निजी प्रतिष्ठानहरूसँग रहेको नगद मौज्दात तथा सुनचाँदी लगायत बहुमूल्य वस्तुमा पुगेको क्षति ५६ करोड १८ लाख रुपैयाँ बराबर छ । यो रकम निजी प्रतिष्ठानहरूले बेहोरेको कुल क्षतिको २.६ प्रतिशत हो ।

नगद तथा बहुमूल्य वस्तुमा भएको क्षति मुख्यत: चोरी र आगजनी घटनाबाट भएको देखिन्छ । कुल क्षति रकममध्ये सबैभन्दा ठूलो अंश अन्य बहुमूल्य वस्तुको ६३.२ प्रतिशत रहेको छ ।

नगदतर्फ कुल २० करोड ३९ लाख रुपैयाँ क्षतिमध्ये सबैभन्दा धेरै ६७.९ प्रतिशत आगजनीबाट भएको छ भने चोरीको कारण २०.६९ प्रतिशत रहेको छ ।

घरपरिवारको नगद तथा बहुमूल्य वस्तुमा भएको क्षति हेर्दा सबैभन्दा बढी क्षति सुन, चाँदी, हिरा र मोतीमा ७५ करोड ३१ लाख रुपैयाँ बराबर रहेको छ ।

नगदमा १२ करोड ६५ लाख र अन्य बहुमूल्य वस्तुमा ७ करोड ५८ लाख रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । क्षतिको कारण अनुसार हेर्दा चोरीबाट ७३ करोड ४३ लाख, आगजनीबाट १७ करोड ६ लाख र तोडफोडबाट ५ करोड ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सामुदायिक तथा अन्य क्षेत्रको नगद तथा बहुमूल्य वस्तुमा भएको क्षतिमध्ये नगदतर्फ ३३ करोड ७० लाख र अन्य बहुमूल्य वस्तुमा १६ करोड २३ लाख रुपैयाँको क्षति भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?