ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

‘मल आउँछ’ जान्छ कहाँ ?

१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

बर्दिया, १६ मङ्सिर ।

बाँके–बर्दिया क्षेत्रका किसान अहिले हिउँदे वाली लगाउन समयमा आवश्यक रासायनिक मलको अभाव यथावत् छ । धान बाली लगाउँदाको समयमा पनि मलको हाहाकार थियो ।

कृषिको मुख्य आधार मानिने युरिया, डीएपी र पोटासजस्ता रासायनिक मलको अभावले हिउँदे बाली उत्पादनमै ठुलो असर पर्न सक्ने सङ्केत देखिएको छ ।

सहकारी, कृषि सामग्री केन्द्र (एग्रोभेट) र स्थानीय भण्डारण केन्द्रहरू सबैमा मल खोज्दै किसान बिहानैदेखि लाइन लाग्न थालेका छन् ।

कतिपय ठाउँमा किसान बिहान ५ बजेदेखि नै सहकारीको गेटअगाडि लाइन बस्दै आए पनि आवश्यक परिमाणको मल नपाएर रित्तै हात घर फर्किएको गुनासो बढ्दै गएको छ ।

‘बाँके र बर्दियाका अधिकांश किसानका लागि हिउँदे बाली विशेष गरी गहुँ, तोरी, मुसुरो, चना, मटर र तरकारी खेती मुख्य आयस्रोत हो। वर्षौँदेखि यही फसलले परिवार पालिरहेका किसान अहिले मल नपाउँदा चिन्तामै छन् ।

बर्दिया जिल्लामा मात्रै करिब ६० प्रतिशत खेतीयोग्य जग्गामा हिउँदे बाली लगाइने गरिन्छ, तर यस वर्ष समयमै पानी नपरेकै बिच अब मल अभावको ठुलो चुनौती थपिएको किसानहरू बताउँछन् ।

‘बाँकेको जानकी गाउँपालिका–५ का किसान सोमबहादुर यादव भन्छन्, “हामी बिहानै चार–पाँच बजे उठेर सहकारी पुग्छौँ, तर जब पालो आउँछ, मल सकिएको हुन्छ। यो वर्ष खेती गर्न नसकिए के खाने, कसरी परिवार चलाउने भन्ने चिन्ता छ ।”

‘सहकारी र एग्रोभेटहरूमा उपलब्ध मल मागको तुलनामा अत्यन्त कम छ । बर्दियाको मधु वन नगरपालिका, राजापुर, ठाकुरबाबा, बाँकेको डुडुवा, जानकी, राप्ती सोनारीलगायत क्षेत्रका किसानहरू हरेक दिन मल खोज्न गाउँ–गाउँका सहकारी धाइरहेका छन् ।

कतिपय सहकारीले ‘मल आउँछ’ भनेर सूचना दिए पनि पर्याप्त मात्रा नआउँदा किसान निराश हुँदै फर्किने गरेका छन् ।
‘मल अभावको समस्या यति तीव्र बनेको छ कि धेरै किसान राति नै सहकारीको गेटमा गएर लाइन बस्ने गरेका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिकामा केही दिनअघि मल वितरण हुने भनेर खबर भएपछि सयौँ किसान विहान सबेरै लाइनमा बसेका थिए । तर उपलब्ध मल अत्यन्त कम हुँदा अधिकांश किसानले एक बोरा पनि पाउने अवसर पाएनन् ।

“हामी ५ बजे गएर बसेका थियौँ, ११ बजे मात्र सहकारी खुल्यो, अनि २५ बोरा मल आएको भन्ने जानकारी भयो। त्यो पनि सहकारीका केही पुराना ग्राहकले लिए, हामीजस्ता सामान्य किसान फेरि निराश,” किसान कौशल थारु भन्छन्।

‘कतिपय ठाउँमा किसानबिच धकेलाधकेल, झगडा र विवादसमेत भएको देखिएको छ। सहकारी कर्मचारीहरूका अनुसार मल कम आएको र माग अत्यधिक भएकाले कसलाई दिने र कसलाई नदिने भन्ने निर्णय नै कठिन बनेको छ ।

‘किसानहरूका अनुसार मुख्य समस्या समयमै मल उपलब्ध नहुनु र वितरण प्रक्रियामा पारदर्शिता नहुनु हो। नेपालमा मल आयात अत्यधिक समय लाग्ने प्रक्रिया भएकाले वितरणमा ढिलाइ हुने गरेको किसानहरू बताउँछन् ।

कृषि ज्ञान केन्द्र बाँके र बर्दियाले सहकारीहरूको मागअनुसार मल पठाउन प्रयास गरिरहेको भए पनि केन्द्रीय आपूर्तिमै समस्या भएकाले वितरण सुचारु हुन नसकेको अधिकारीहरूको भनाइ छ ।

‘युरिया, डीएपी र पोटास कृषि उत्पादनका तीन मुख्य आधार मानिन्छन् । तर यिनै मल वर्षौँदेखि आयातमा निर्भर रहँदा प्रत्येक वर्ष अभाव देखिने गरेको छ । यो वर्ष त विशेष गरी भारतमा मल आपूर्ति कडाइ, अन्तर्राष्ट्रिय ढुवानी समस्या, आयात प्रक्रियामा ढिलाइ, बजेट अभाव तथा केन्द्रीय भण्डारणको कमीका कारण मल अभाव झनै चर्किएको कृषि अधिकारीहरूको बुझाइ छ ।

‘बर्दियाको एक सहकारीका कर्मचारी अनुसार, “हाम्रो सहकारीले ३०० बोरा मल माग गरेको थियो, तर ३०–४० बोरा मात्रै आएको छ। यसरी कसरी किसानलाई ठिकसँग वितरण गर्न सकिन्छ ?”

‘मल उपलब्ध नहुँदा अहिले गहुँ रोपाइँ परेको जग्गा खाली बसिरहेको छ। तराईको अधिकांश क्षेत्रमा मङ्सिर–पुस महिना हिउँदे बाली रोप्ने मुख्य समय हो। यसअघि नै ढिलो परेको रोपाइँ मल अभावले झनै ढिलो हुँदै छ ।

किसानहरूको अनुमान अनुसार समयमै मल नपाए उत्पादकत्व ३०–४० प्रतिशतसम्म घट्न सक्छ । ‘ठाकुरबाबा–७ का किसान शम्भु चौधरी भन्छन्,“अहिले मल नपाएर रोपाइँ रोकेका छौँ । गहुँ रोपिसकेपछि १५ दिनभित्र मल हाल्नुपर्छ, तर अहिलेसम्म उपलब्ध छैन । यसरी खेती गर्नु भनेको घाटै घाट हो ।”

‘किसानको समस्या झनै गम्भीर छ । तरकारी खेतीमा समयमै मल र पानी अत्यन्तै महत्त्वपूर्ण हुन्छ। मल नपाउँदा धेरै किसानले लगाएको तरकारी बाली कमजोर हुँदै गएका छन्।

बजारमा तरकारीको मूल्य बढ्ने सम्भावना पनि बढेको छ । ‘मल अभावकै बिच केही सहकारी र एग्रोभेटहरूले मल ‘लगत वितरण’ गरेको, सदस्यता नभएकालाई नदिएको, केही व्यक्तिहरूलाई बढी दिएको, तथा कतिपय ठाउँमा मनोमानी मूल्य लिएको जस्ता गुनासाहरू पनि बढिरहेका छन् ।

‘बर्दियाको किसान प्रताप थारूले भने, “सहकारीले भन्छ– सदस्य बन, अनि मल दिन्छौँ । तर सदस्यता शुल्क महँगो लिन्छ । कतै बढी रकम लिएर मनलाग्दी व्यक्तिलाई मल दिएको पनि सुनिन्छ ।’

‘यद्यपि सहकारीहरूले भने यस आरोपलाई अस्वीकार गर्दै आफूहरूलाई आएको मल अत्यन्त कम भएकाले प्राथमिकतामा वितरण गर्नै बाध्य भएको दाबी गर्छन् ।

‘स्थानीय तहका जनप्रतिनिधि र कृषि शाखाहरूले किसानलाई सम्हाल्न नसक्ने अवस्थामा पुगेका छन्। दैनिक जसो किसानले मल माग्दै कार्यालय धाउने गरेका छन् । कृषि शाखाका अनुसार, “किसानले मल मागेर दवाव दिनुभएको छ, तर हामीसँग दिने सामग्री छैन। सरकारले पठाइदिएपछि मात्रै वितरण सम्भव हुन्छ।

अहिले हामी पनि असहजमा छौँ।” ‘किसानहरूले भने समयमै योजना नबनाएको, सहकारीसँग स्पष्ट समन्वय नगरेको र मल अभाव भइरहँदा समयमा आवाज नउठाएको भन्दै स्थानीय तहलाई पनि दोष लगाएका छन् ।

‘किसानहरूलाई मल नपरेपछि कतिपयले भारततिर गएर मल ल्याउने गरेका छन् । बाँके–बर्दिया भारतसँग सीमा जोडिएको भएकाले जोखिम मोलेर भारतीय बजारबाट मल ल्याउने प्रवृत्ति बढेको किसानहरू बताउँछन् ।

‘तर यो कार्य अवैध मानिन्छ र भारतीय तथा नेपाली सुरक्षाको कडाइका कारण धेरै किसान धरपकड हुने डरले खुलेर मल ल्याउन सकिरहेका छैनन्। त्यसैले सीमाबाट ल्याइने मलले समेत अभाव घटाइरहेको छैन।

‘कृषि विज्ञहरूको चेतावनी छ कि यदि अहिल्यै राज्यले तत्काल आपत्कालीन व्यवस्था गरी पर्याप्त मल आपूर्ति नगरे बाँके–बर्दिया मात्रै होइन, समग्र तराई क्षेत्रमा खाद्य सङ्कट बढ्ने सम्भावना छ ।

‘कृषि विज्ञ बीरबहादुर केसी अनुसार,’ “हिउँदे बाली नेपालमा खाद्य सुरक्षाको मेरुदण्ड हो । यही समयमा मल नहुँदा गहुँ उत्पादन ठुलो मात्रामा घट्छ । यसलाई सामान्य सम्झनु ठुलो भूल हुनेछ ।’ ‘किसानहरू भन्छन्, ‘हामीलाई राहत चाहिएको होइन, मल चाहिएको हो ।

खेती गर्न नदिए पछि देश कसरी समृद्ध बन्छ?’ ‘बाँके–बर्दियाका किसान अहिले विकराल कार्यक्रममा छन् । मौसम अनुकूल रहे पनि मल अभावले बाली लगाउनै नसक्ने अवस्था सिर्जना हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?