Butwal Today

कांग्रेसको केन्द्रीय समिति बैठक सर्‍यो

२३ असार २०८२, सोमबार
अ+
अ-

 काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक तय समयभन्दा ढिला गरी सुरु हुने भएको छ। सोमबार दिउँसो २ बजेका लागि तय गरिएको बैठक अब ३:३० बजे बस्ने गरी सारिएको हो।

१६ असारदेखि जारी बैठकमा केन्द्रीय सदस्य तथा सहमहामन्त्रीहरूले आ–आफ्नो धारणा राखिसकेका छन्। आज सभापति, उपसभापति र महामन्त्रीसहित पाँच जना नेताहरूले धारणा राखेपछि बैठक निर्णयसहित टुंग्याउने तयारी गरिएको छ।

बैठकका लागि १२ वटा एजेण्डा तय गरिएको थियो, जसमा पार्टी संगठन, आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?