© २०२३
नवलपरासी, पश्चिम् ।
मानो रोपेर मुरी फलाउने दिन “धानवालीमा सघनता, खाद्यबाली र आत्मनिर्भरता” भन्ने मुल नाराका साथ २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ जात्रा बर्दघाट नगरपालिकामा पनि मनाइएको छ ।
वडा नम्बर १३ मा कृषकका खेतमा धान रोपाइँ सहित धान दिवस मनाईएको हो ।किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने वा हिलो टेक्ने मान्यता पनि नेपाली समाजमा प्रचलन रहेको छ ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत वडाका जनप्रतिनिधि र स्थानीय कृषकहरूको सहभागितामा धान रोपेर उल्लासमय रुपमा धान दिवस मनाइएको हो ।नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता मा राख्दै किसानलाई मल बीउ बिजन र ब्यवसायिक कृषिका लागि किसानहरूलाई विभिन्न उपकरणहरू समेत उपलब्ध गराउँदै आईएको बताए ।
नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नेपाल कृषि प्रधान मुलुक भएता पनि उल्लेख्य रुपमा राज्यले कृषि क्षेत्रमा अपेक्षित लगानी गर्ने नसकेको उल्लेख गर्दै उत्पादनका आधारमा कृषकलाई अनुदान लगायतका अन्य सेवा हरू प्रदान गर्नु पर्नेमा जोड दिनुभयो ।वास्तविक किसान पहिचान गर्नु पर्ने आजको आवश्यकता रहेको समेत उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जनप्रतिनिधि प्रत्यक्ष रुपमा किसानहरू सग जोडिने भएकाले किसानको आवश्यकता र मागको वास्तविक अध्ययन गरी फरक खालका योजना सहित अघि बढ्नु पर्ने बताए ।
धानको विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकारण र व्यवसायिकरण प्रबर्द्धन गर्ने उद्देश्यले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आईएको छ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्यापक गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।
धान रोपाइमा सहभागी भएका कृषकहरूले सिँचाइको अभाव समयमा मल उपलब्ध हुन नसक्नु दुखद भएको बताउँदै कृषक र कृषिलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गरि किसान सम्मानित पेशा हो भन्ने आभास दिलाउन सक्नु पर्ने बताए ।