Butwal Today

बुटवलमा खुल्यो आरोग्य स्पर्श क्लिनिकः आधुनिक प्रविधिबाट विशेषज्ञ सेवा

२३ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

बुटवल, २३ जेठ ।

एकै ठाउँमा छाला, यौन र स्त्री रोग विशेषज्ञ सेवा प्रदान गर्ने गरी बुटवलमा आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा आएको छ ।

एक करोडको लगानीमा सञ्चालनमा आएको आरोग्य स्पर्श क्लिनिकको औपचारिक शुभारम्भ भने शनिबार गरिने छ । क्लिनिकबाट छाला, यौन र स्त्री रोग विशेषज्ञ सेवा प्रदान गरिने बताइएको छ ।

छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बिन्दु खरेल र अर्की स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. शीला ढकाल सहितको टिमले क्लिनिक सञ्चालनमा ल्याएको हो ।

क्लिनिकमा आधुनिक प्रविधि, विशेषज्ञ डाक्टरहरुको टोली र व्यक्तिगत हेरचाहद्वारा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटाले बताए । क्लिनिकले आर्थिक रुपमा अति विपन्न र असहायका लागि निःशुल्क उपचार गर्ने योजना समेत बनाएको छ । “गरीव तथा आर्थिक रुपले विपन्न नागरिकको उपचार सेवा निःशुल्क गर्ने हाम्रो प्रयास रहने छ”–उनले भने ।

कृत्रिम बुद्धिमतामा आधारित छाला विश्लेषण प्रविधि, छालाका समस्याहरुको डिजिटल परीक्षण, लेजर प्रविधिबाट दागहरु हटाउने, ट्याटु हटाउने, कपाल प्रत्यारोपण, डन्डीफोर, पिम्पल र चायाको विशेषज्ञ उपचार गरिने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.बिन्दु खरेलले बताइन् ।

साथै निसन्तानलाई सल्लाह सुझाव तथा उपचार, गर्भवती महिलाको सम्पूर्ण जाँच र पाठेघरसँग सम्बन्धित सम्पूर्ण जाँच गरिने उनले बताइन् ।

यस्तै क्लिनिकले शुभारम्भको अवसरमा विभिन्न छुट अफर समेत ल्याएको छ । जस अनुसार सुरुवातको ३ दिनसम्म निःशुल्क परामर्श सेवा, चयनित एस्थेटिक उपचारमा छुट र एक महिनाको लागि छालाको विश्लेषण निःशुल्क हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?