Butwal Today

नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी

२३ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ

संसद् बैठक अवरुद्ध भइरहेका बेला विपक्षी दलहरूले संसद् खुलाउने वा अवरोधलाई निरन्तरता दिने भन्ने विषयमा निर्णय गर्न संसद् भवन नयाँ बानेश्वरमा बैठक जारी राखेका छन्।

जेठ १३ गतेदेखि संसद् अवरुद्ध पार्दै आएका विपक्षीहरू गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणलाई लिएर सुरुमा राजीनामाको मागमा अडिग थिए। तर पछिल्लो चरणमा उनीहरू केही लचिलो हुँदै, राजीनामाको मागबाट पछि हटेर निष्पक्ष छानबिनको मागमा केन्द्रित भएका छन्।

बिहीबार बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्न सरकार संसद्मै प्रतिबद्ध हुनुपर्ने अडान लिएको थियो। यद्यपि, सरकार विपक्षीको यो मागमा तयार नभएको विपक्षी नेताहरूको आरोप छ।

नेकपा माओवादीका सांसद माधव सापकोटाका अनुसार, विपक्षीको मागबारे स्पष्ट सहमति नभएसम्म संसद् अवरोध जारी रहनेछ। संसद् सञ्चालनका लागि अहिलेसम्म भएका प्रयासहरू निरर्थक बन्न थालेको अवस्था छ, जसले संसद्लाई बन्धक बनाइरहेको सन्देश दिएको छ।

अबको निर्णयले संसद् सञ्चालनको मार्ग खोल्ने कि अवरोधलाई निरन्तरता दिने भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?