ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीको आग्रह: अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमै रहनुहोस् >> सुनचाँदीको मूल्यमा पुनः वृद्धि, सुन प्रतितोला ८ सय रुपैयाँले महँगियो >> महिला फुटबल प्रशिक्षक वाइल्डले दिए राजीनामा, एन्फाको निर्णय बाँकी >> मताधिकार कार्यान्वयनका लागि निर्देशनालयको निर्वाचन आयोगलाई ताकेता >> लायन्स क्लव अफ कपिलवस्तु प्राचीनमा पद हस्तान्तरण >> वित्तीय संस्थामा तोडफोड  >> दाङमा गाडीले किचेर एकको मृत्यु   >> स्वास्थ्य क्षेत्रमा आम्दाको भूमिका र कार्यदिशा >> अपराधको बढ्दो शृङ्खला र चुनौती  >> गण्डकीका धेरै ठाउँमा बिहानैदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह >> नेपालको साफ यु–२० महिला च्याम्पियनसिपमा १२ अङ्क >> २० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमारको निधन >> यस्तो छ अर्घाखाँची प्रहरीको प्रतिवेदन >> पोखरा–मुग्लिन सडकमा ११ पुल बने, दुई निर्माणाधीन >> १०० रोपनी खेतमा एकै दिन धान रोपाइँ  >> आजको राशिफल (२०८२ श्रावण ४ गते आइतबार) >> देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना >> गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन >> पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण >> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ वर्षीया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण

प्रशासकिय अधिकृत कुट्ने पक्राउ, अर्का फरार

३० बैशाख २०८२, मंगलवार
३० बैशाख २०८२, मंगलवार

रौतहट ३० बैशाख।

बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम  जयसवाल माथि कुटपिट गरेको घटनामा संलग्न सहयोगी पक्राउ परेका छन् ।

तर मेयर किशोरी साह कलवार र एकजना वडा सदस्य अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

मेयरका सहयोगी सनफी यादवलाई प्रहरीले  काठमाडौँ सिंहदरवार परिसरबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बारामा पठाएको छ।

सहयोगी यादव केही दिनअघि मेयर कलवारसँगै काठमाडौँ आएका थिए । प्रशासकीय अधिकृत जयसवालले मेयर कलवार, वडा ४ का सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफि यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए ।

कानुन विपरीतको रकम भुक्तानी गर्न अस्वीकार गरेपछि मेयरले प्रशासकिय अधिकृत जयसवाललाई घरमै बोलाई कुटपिट गरेका थिए। घटनामा संलग्न वडा सदस्य गुप्ता  फरार भएका छन् ।

बाराका एसपी सन्तोष तामाङले मेयर माथि उजुरी परेको तर अहिलेसम्म  मुद्दाको प्रक्रियामा अगाडी नबढेको तथा  घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन्।

उक्त घटनाले स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारीमाथि दबाब, दमन, अत्याचार गर्दा पनि स्थानिय प्रशासन मुकदर्शक बन्ने गरेको प्रत्यक्ष रूपमा उदाहरण बनेको छ।

कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई कुटपिट गरेका थिए ।

घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन्। कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन् ।  नगरपालिकाद्वारा प्रदान गरिने दैनिक काम लिएरजाने सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन् ।

यस बर्ष लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलामा अतिथी सेवा लगायत नगरको सरसफाई शिर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्याएको थियो । तर मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दवाब दिँदै आएका थिए ।

त्यसैगरी बोर्डको निर्णय बिना वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहाँसिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाईमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दवाब दिँदै आएको प्रमुख प्रशासकिय अधिकृत हरिओम जैसवालले बताएका छन्।

गत १६ गते बिहान १० बजेदेखी मेयर कलवार र सिम्रौनगढ समारोहको अगुवा महिला ममता शर्माले पटक पटक फोन गरेर सरसल्लाह गर्न भनेर मेयरको निवासमा बोलाएका थिए।

मेयरसँग छलफल गर्न उनको घरमा जाँदा ममता शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दवाव दिएको थियो ।

मेला शिर्षकमा मात्र १० लाख रुपैयाँ छुट्याईएको छ अरु कुनै शीर्षकको रकम छैन, बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने मैले भनी जवाफ दिए पछी मेयर कलवार र उनका समर्थकले अन्धाधुन्ध कुटपिट गरेको अधिकृत जैसवालले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?