© 2026
बुटवल, २१ बैशाख ।
बुटवलमा जारी १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं ११ र १० विजयी भएका छन । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा सोमबार भएको पहिलो क्वाटरफाईनल खेलमा वडा नं. ८ लाई ट्राईबेकरमा पराजित गर्दै वडा नं. १० अन्तिम चारमा स्थान बनाएको छ । यसैगरि पहिलो चरणको अन्तिम खेलमा वडा नं. ११ ले वडा नं. ७ लाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलमा वडा नं. ७ का युवराज थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
सिद्घेश्वर खेल मैदानमा भएको वडा नं. १० ले वडा नं. ८ बिचको निक्कै प्रतिस्प्रर्धात्मक पहिलो क्वाटरफाईनल खेल निर्धारित समय गोलरहित बराबरी भएको थियो । ट्राईबेकरमा वडा नं. १० ले जित निकाल्न सफल भयो । खेलमा वडा नं. १० का रमित मगर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । मंगलबार दिउसो क्वाटरफाईनल खेलमा वडा नं ६ र १७ का बिचमा खेल हुने संघका अध्यक्ष गणेश बोहराले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।