Butwal Today

रौतहट सुधार केन्द्रमा अमानवीय कुटपिट

२२ बैशाख २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २२ वैशाख ।

रौतहटको गौर नगरपालिका–४ स्थित राइजिङ नेपाल सुधार केन्द्रमा भएको अमानवीय कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटना आम चासोको विषय बनेको छ।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले सुधार केन्द्रका सञ्चालक सुरज गुप्तालाई सोधपुछका लागि बोलाएको छ र घटनाबारे औपचारिक अनुसन्धान शुरू गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, भिडियो ७–८ महिनाअघि कै हो। कुटपिट गर्ने व्यक्ति सुधार केन्द्रका तत्कालीन कर्मचारी शिवु पाण्डे रहेको खुलेको छ, जो वीरगञ्ज निवासी हुन्। भिडियोमा कुटाइ खाने व्यक्ति गौरका रितेशकुमार यादव रहेको पुष्टि भएको छ।

हाल सुधार केन्द्रमा न त कुट्ने व्यक्ति छन्, न कुटाइ खाने व्यक्ति, जसले अनुसन्धानमा थप जटिलता पैदा गरेको छ। यद्यपि, यस्तो निर्दयी व्यवहार किन गरिएको भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।

सञ्चालक सुरज गुप्ताले प्रहरीलाई दिएको प्रारम्भिक बयान अनुसार, पुरानो विवाद वा बदला लिने उद्देश्यले उक्त भिडियो अहिले सार्वजनिक गरिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?